ग्लोबल आईएमईको आश्चर्यजनक प्रगति ,एक वर्षमै कमायो १८७ करोड
काठमाडौं । कस्ट अफ फण्डसँगै आधार ब्याजदरमा आश्चर्य सुधार गर्दै ग्लोबल आईएमई बैंकले ९ महिनामा १८७ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।
माघदेखि चैत महिनामा ६४ करोड २७ लाख रुपैंया नाफा कमाउँदा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ग्लोबल आईएमईले कुल १ अर्ब ८७ करोड २१ लाख रुपैंया पुगेको हो ।
एक वर्षको अवधिमा बैंकले कस्ट अफ फण्डलाई ८.२२ प्रतिशतबाट घटाएर ६.९७ प्रतिशतमा झारेको छ । कस्ट अफ फण्डसँगै बैंकको बेसरेट ११.६८ प्रतिशतबाट २.०८ प्रतिशत भन्दा पनि कममा आएर ९.६० प्रतिशतमा आईपुगेको छ । बेसरेटमा आएको सुधारसँगै बैंकले आफ्नो स्प्रेडदरको आकार २.९८ प्रतिशतबाट ४.६३ प्रतिशत पुर्याउन सफल भएको छ, यो दर नेपाल राष्ट्र बैंकले तोकेको ७.७५ को सीमाभित्रको हो ।
बैंकले १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । बैंकको रिजर्भको आकार भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष चैतमा ३ खर्ब २२ अर्ब भएको सो आकार यो चैत मसान्तमा २ खर्ब ३९ अर्बमा झरेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












