सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो पूर्णसमर्थन छ, सबैले यसको पक्षमा मतदान गर्नुस्ः प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्दै सबै सांसदलाई पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
जनताका भावना, चाहनालाई संबोधन गर्न अधिकतम प्रयास गरेर ल्याइएको नीति तथा कार्यक्रम आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद समेत दिएका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएका पूर्वप्रधानमन्त्रि समेत रहेका प्रचण्डले प्रतिपक्षीले राम्रै अध्ययन गरेर लिखित रुपमै बुदाँ ल्याएर छलफल गरेकाले संसदीय प्रणालीमा सघन छलफल हुनु सकारात्मक रहेको दाबी गरेका छन् ।
जनयुद्धका डोबहरु विस्तारै विस्तृत शान्ति सम्झाैतामा पुगेर टुंगिन लागेको दाबी गरेका छन् । यद्यपी अध्यक्ष प्रचण्डले जनताका भावना आकांक्षा र अन्य कामहरु पुरा नभएको भएपनि पुरा हुने प्रक्रियामा लागेको बताएका छन् ।
प्रतिपक्षीले विरोध गर्ने कुरालाई राजनीतिक धर्म ठान्ने प्रवृत्ति रहेकाले यसलाई रचनात्मक ढंगले संबृद्ध नेपाल र सुखी नेपालीको नारालाई अगाडी बढाउन सहकार्यको आह्वान गरे ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












