एनआरएनए अमेरिका निर्वाचनः हार्ने डरले केहि उम्मेद्वारका एजेण्डा व्यक्तिगत चरित्र हत्यातर्फ केन्द्रीत, लम्सालको इशारामा शर्माले देखाए उद्दण्ड व्यवहार
अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनको नतिजा आफ्नो पक्ष्ँमा पार्न अनेक हत्कण्डा सुरु भएको छ । चुनावको मिति नजिक आउ“दा कतिपय उम्मेद्वार पराजित हुने डरले व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।
आधारहीन विषय उठाउ“दैं अर्का उम्मेद्वार विरुद्व विषववन गर्दै उम्मेद्वारहरुले आफ्नो चरित्र देखाउन थालेका छन् । सिधैं अगाडि नआई अर्का व्यक्ति खडा गरेर काम गराउन उद्दत देखिने उम्मेद्वारहरु पनि वजारमा देखिन थालेका छन् ।
संस्थाको मतदाताको अपमान गराउने गरी चुनावी परिणामलाई अविश्वास गरेर उनीहरुको अभिव्यक्ती आउने गरेको छ । एनआरएनए अमेरिकाको सदस्य बनाउदा भेरिफिकेशन कमिटि र सुरपरिभिजन कमिटि बनाइएको थियो ती समितिमार्फत भेरिफाइड सदस्यहरुलाई नैं अविश्वास गरी निर्वाचन निष्पक्ष नहुने भन्दैं मतदाताकैं अविश्वास र अपमान गर्ने गरी उम्मेद्वारहरुको अभिव्यक्ति आउने गरेको छ ।
खासगरी अध्यक्ष्ँका उम्मेद्वार सूर्य लम्साल यो मामलामा अगाडि देखिन्छन् । मतदाताको अपमान गर्ने मात्र नभई होर कोर्ट जाने धम्की दिन समेत उनी पछि परिरहेका छैनन् , सिधैं त्यो नभने पनि आइतवार टेक्ससको डलासमा भएको प्रेसिडेन्टल क्यान्डिटेड डिवेटमा उनले त्यो छनक दिएका छन् । कोट जानुलाई अन्यथा मान्न नहुने भन्दैं घुमाउरो पाराले मतदातालाई निर्वाचन आफ्नो पक्ष्ँमा नआए आफू कोट जाने भन्ने खालले तस्र्याएका छन् ।
त्यसो त आइतवार अर्का अध्यक्षका प्रत्याशी हालका वरिष्ठ उपाध्यक्ष्ँ सुनील साहलाई अपमान गर्ने गरी मन्तव्य नैं दिन नदिने गरी भाड्न खोजेका दिनेश शर्मा सहीतका व्यक्तिहरु लम्सालकैं इशारामा अगाडि आएको बताइएको छ । नेजाले गरेको डिवेट कार्यक्रमको फरम्याट नैं अध्यक्ष्ँका प्रत्याशीलाई प्रश्न सोध्न पाइने भएपनि सोध्ने प्रश्नकर्ताले बोल्न नपाउने थियो । व्यक्तिगत ढंगले आक्ष्ँेप लगाउने मात्र नभई उम्मेद्वार साहको नैतिक मनोवल गिराउन खोज्ने योजना बनाएर सोधिएको प्रश्नमा उल्टैं साहले कडा उत्तर दिएपछि ब्याग फायर भएको वुझेर शर्मा सहीतको समुह भौतिक आक्रमणकैं शैलीमा आफुलाई प्रस्तुत गर्दै कार्यक्रम भाड्न उद्दत देखिएको थियो ।
प्रश्न सोध्ने तर उत्तर दिन नदिने गरी तयारी शर्माको त्यो समुहले गरेपनि त्यो पुरा हुन भने पाएको थिएन । शर्माले यसअघि पनि यस्ता उद्दण्ड व्यवहार देखाउने गरेका छन् । लम्साल समुहका लम्साल देखि लिएर उनका समुहका उम्मेद्वार शुभेच्छुक पछिल्ला दिनमा आफ्नो एजेण्डा सही ढंगले राख्ने भन्दा पनि चरित्र हत्या गरेर मत पाइन्छ भन्ने तर्फ लागेको देखिएको छ । मत कब्जा गर्यो भन्दैं साहलाई आरोप लगाउने यो समुहका नेताहरु आफैं हामीसग ३ हजार बढी पकेट मत छ भन्दैं अन्य उम्मेद्वारलाई तर्साउने गरेका छन् । आइतवार पनि त्यस्तैं तरिकाको प्रस्तुती र तीनका समुहका उम्मेद्वारको उद्दण्डले भने साहलाई फाइदानैं पुगेको उपस्थितिले देखाएको थियो । आफूविरुद्ध आक्रमणकैं शैलीमा शर्मा प्रस्तुत भएपनि संयमित र सभ्य ढंगले साहले आफ्ना धारणा राखेका थिए , यसले झन् साहप्रति सहानुभुती मत बढाएको बताइएको छ ।
आइतवार भएको डिवेट कार्यक्रममा साहमाथि गर्न खोजिएको दुव्र्यवहार घृणित मानसिकताको उपज भएको उपस्थित अधिकांशको भनाई छ । यसले समाजलाई विथोल्ने काम मात्र गर्ने बुझाइ समाजको रहेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












