एनआरएनए अमेरिका निर्वाचनः हार्ने डरले केहि उम्मेद्वारका एजेण्डा व्यक्तिगत चरित्र हत्यातर्फ केन्द्रीत, लम्सालको इशारामा शर्माले देखाए उद्दण्ड व्यवहार
अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको आसन्न निर्वाचनको नतिजा आफ्नो पक्ष्ँमा पार्न अनेक हत्कण्डा सुरु भएको छ । चुनावको मिति नजिक आउ“दा कतिपय उम्मेद्वार पराजित हुने डरले व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।
आधारहीन विषय उठाउ“दैं अर्का उम्मेद्वार विरुद्व विषववन गर्दै उम्मेद्वारहरुले आफ्नो चरित्र देखाउन थालेका छन् । सिधैं अगाडि नआई अर्का व्यक्ति खडा गरेर काम गराउन उद्दत देखिने उम्मेद्वारहरु पनि वजारमा देखिन थालेका छन् ।
संस्थाको मतदाताको अपमान गराउने गरी चुनावी परिणामलाई अविश्वास गरेर उनीहरुको अभिव्यक्ती आउने गरेको छ । एनआरएनए अमेरिकाको सदस्य बनाउदा भेरिफिकेशन कमिटि र सुरपरिभिजन कमिटि बनाइएको थियो ती समितिमार्फत भेरिफाइड सदस्यहरुलाई नैं अविश्वास गरी निर्वाचन निष्पक्ष नहुने भन्दैं मतदाताकैं अविश्वास र अपमान गर्ने गरी उम्मेद्वारहरुको अभिव्यक्ति आउने गरेको छ ।
खासगरी अध्यक्ष्ँका उम्मेद्वार सूर्य लम्साल यो मामलामा अगाडि देखिन्छन् । मतदाताको अपमान गर्ने मात्र नभई होर कोर्ट जाने धम्की दिन समेत उनी पछि परिरहेका छैनन् , सिधैं त्यो नभने पनि आइतवार टेक्ससको डलासमा भएको प्रेसिडेन्टल क्यान्डिटेड डिवेटमा उनले त्यो छनक दिएका छन् । कोट जानुलाई अन्यथा मान्न नहुने भन्दैं घुमाउरो पाराले मतदातालाई निर्वाचन आफ्नो पक्ष्ँमा नआए आफू कोट जाने भन्ने खालले तस्र्याएका छन् ।
त्यसो त आइतवार अर्का अध्यक्षका प्रत्याशी हालका वरिष्ठ उपाध्यक्ष्ँ सुनील साहलाई अपमान गर्ने गरी मन्तव्य नैं दिन नदिने गरी भाड्न खोजेका दिनेश शर्मा सहीतका व्यक्तिहरु लम्सालकैं इशारामा अगाडि आएको बताइएको छ । नेजाले गरेको डिवेट कार्यक्रमको फरम्याट नैं अध्यक्ष्ँका प्रत्याशीलाई प्रश्न सोध्न पाइने भएपनि सोध्ने प्रश्नकर्ताले बोल्न नपाउने थियो । व्यक्तिगत ढंगले आक्ष्ँेप लगाउने मात्र नभई उम्मेद्वार साहको नैतिक मनोवल गिराउन खोज्ने योजना बनाएर सोधिएको प्रश्नमा उल्टैं साहले कडा उत्तर दिएपछि ब्याग फायर भएको वुझेर शर्मा सहीतको समुह भौतिक आक्रमणकैं शैलीमा आफुलाई प्रस्तुत गर्दै कार्यक्रम भाड्न उद्दत देखिएको थियो ।
प्रश्न सोध्ने तर उत्तर दिन नदिने गरी तयारी शर्माको त्यो समुहले गरेपनि त्यो पुरा हुन भने पाएको थिएन । शर्माले यसअघि पनि यस्ता उद्दण्ड व्यवहार देखाउने गरेका छन् । लम्साल समुहका लम्साल देखि लिएर उनका समुहका उम्मेद्वार शुभेच्छुक पछिल्ला दिनमा आफ्नो एजेण्डा सही ढंगले राख्ने भन्दा पनि चरित्र हत्या गरेर मत पाइन्छ भन्ने तर्फ लागेको देखिएको छ । मत कब्जा गर्यो भन्दैं साहलाई आरोप लगाउने यो समुहका नेताहरु आफैं हामीसग ३ हजार बढी पकेट मत छ भन्दैं अन्य उम्मेद्वारलाई तर्साउने गरेका छन् । आइतवार पनि त्यस्तैं तरिकाको प्रस्तुती र तीनका समुहका उम्मेद्वारको उद्दण्डले भने साहलाई फाइदानैं पुगेको उपस्थितिले देखाएको थियो । आफूविरुद्ध आक्रमणकैं शैलीमा शर्मा प्रस्तुत भएपनि संयमित र सभ्य ढंगले साहले आफ्ना धारणा राखेका थिए , यसले झन् साहप्रति सहानुभुती मत बढाएको बताइएको छ ।
आइतवार भएको डिवेट कार्यक्रममा साहमाथि गर्न खोजिएको दुव्र्यवहार घृणित मानसिकताको उपज भएको उपस्थित अधिकांशको भनाई छ । यसले समाजलाई विथोल्ने काम मात्र गर्ने बुझाइ समाजको रहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












