लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश÷थरूहट आन्दोलनको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाली काङ्ग्रेसका पुष्पा भुसालले संविधान, अन्तर्राष्ट्रिय मानवअधिकारको विधि, मूल्यमान्यताका आधारमा प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याउन माग गर्दै सरकारले ल्याएको विधेयक लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएकाले आफ्नो पार्टीलाई विधेयक मान्य नरहेको स्पष्ट पारे ।
नेका संसदीय दलको सचेतकसमेत रहनुभएका भुषालले राज्य नियन्त्रित मिडिया काउन्सिल विधेयक ल्याउन लागेको चर्चा गर्दै प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने धारणा व्यक्त गरे ।
शून्य समय
बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । यस क्रममा सांसद भरतकुमार शाहले रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउन माग गरे ।
सांसद महेन्द्रकुमारी लिम्बूले महिला, बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिन आग्रह गर्दै आजसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद रहेको बताए ।
सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले छायाँ सरकार गठन गरेकामा बधाई दिँदै सरकारलाई रचनात्मक सहयोग पु¥याउन आग्रह गरे ।
सांसद मीना विश्वकर्माले महाराजगञ्जस्थित शहीद गङ्गालाल हृदयरोग अस्पतालमा उपचाररत एक बालिकाको मृत्यु के कारणले भयो भन्ने प्रश्न गर्दै सो घटनाका बारेमा छानबिन गर्न माग गरे।
सांसद मीना सुब्बाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ध्यान दिन र तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको जमीन खोज गर्न सरकारसँग माग गरे ।
सांसद यशोदा गुरुङ सुवेदीले कोटेश्वर कलङ्की सडक चौडा गरिए पनि सडक दुर्घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै ठाउँठाउँमा पैदल यात्रीका लागि आकाशेपुल बनाउन सुझावसमेत दिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












