लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश÷थरूहट आन्दोलनको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाली काङ्ग्रेसका पुष्पा भुसालले संविधान, अन्तर्राष्ट्रिय मानवअधिकारको विधि, मूल्यमान्यताका आधारमा प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याउन माग गर्दै सरकारले ल्याएको विधेयक लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएकाले आफ्नो पार्टीलाई विधेयक मान्य नरहेको स्पष्ट पारे ।
नेका संसदीय दलको सचेतकसमेत रहनुभएका भुषालले राज्य नियन्त्रित मिडिया काउन्सिल विधेयक ल्याउन लागेको चर्चा गर्दै प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने धारणा व्यक्त गरे ।
शून्य समय
बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । यस क्रममा सांसद भरतकुमार शाहले रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउन माग गरे ।
सांसद महेन्द्रकुमारी लिम्बूले महिला, बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिन आग्रह गर्दै आजसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद रहेको बताए ।
सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले छायाँ सरकार गठन गरेकामा बधाई दिँदै सरकारलाई रचनात्मक सहयोग पु¥याउन आग्रह गरे ।
सांसद मीना विश्वकर्माले महाराजगञ्जस्थित शहीद गङ्गालाल हृदयरोग अस्पतालमा उपचाररत एक बालिकाको मृत्यु के कारणले भयो भन्ने प्रश्न गर्दै सो घटनाका बारेमा छानबिन गर्न माग गरे।
सांसद मीना सुब्बाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ध्यान दिन र तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको जमीन खोज गर्न सरकारसँग माग गरे ।
सांसद यशोदा गुरुङ सुवेदीले कोटेश्वर कलङ्की सडक चौडा गरिए पनि सडक दुर्घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै ठाउँठाउँमा पैदल यात्रीका लागि आकाशेपुल बनाउन सुझावसमेत दिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












