अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग
कैलाली । अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् ।
कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् ।
अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले अपाङ्गता भएकाहरुलाई जीविकोपार्जनमा सघाउन मद्दत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने माग गरे । ‘‘अपाङ्गता भएकाहरुलाई कमजोर रुपमा हेर्ने मानसिकता र उनीहरुले पनि आफूमा रहेको हीनताबोधले गर्दा अरुको सहारामा जिन्दगी बाँच्नुपरेको छ’’, भट्टले भने, ‘‘दृढ इच्छाशक्ति र कामप्रतिको लगनशीलता भएमा आत्मनिर्भर र सफल हुन सकिन्छ, त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक छ ।’’
कैलालीमा कोही जन्मजात त कोही विभिन्न रोग तथा दुर्घटनामा परेर अपाङ्गता बन्नुपरेको छ । ‘‘समाजमा त्यस्ता व्यक्तिप्रति करुणा भाव व्यक्त गर्नेहरु प्रशस्तै भेटिन्छन् तर उनीहरुको उत्साह र सम्भावनालाई जगाउनेहरु एकदमै न्यून छन्’’, भट्टले भने ‘‘ नीतिगत रुपमै अपाङ्गता भएकाहरुको जीविकोपाजर्नमा मद्दत पुग्ने वातावरण तयार हुनुपर्छ ।’’
उनीहरुसंँगको छलफलपछि कैलालीका जोशीपुर र जानकी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको मुख्य माग सम्बोधन गर्ने गरी गाउँपालिकामा तीन वर्षभित्र सम्पन्न गर्ने गरी २० बूँदे प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाका अपाङ्गतालाई परिचयपत्र दिने, सूचना डिजिटल प्रविधिमा राख्ने, निःशुल्क रुपमा प्रदान गरिने अनियमित छात्रवृत्ति अन्त्य गर्ने तथा सामाजिक एवं विकासात्मक कार्य र नीतिनियम बनाउने कार्यमा अपाङ्गतालाई समान र समतामूलक रुपमा सहभागिता गराउने प्रतिबद्धता गरेका छन् ।
जनप्रतिनिधिले अपाङ्गता भएकालाई सेवासुविधा र बेसहारा बालबालिकालाई विद्यालयको पहुँचमा अभिवृद्धि, आर्थिक रुपमा कमजोरलाई क्षमतानुसारको स्वरोजगारको व्यवस्था, शौचालय र बैङ्कमा पहुँचयुक्त एटिएम, अपाङ्गता आकस्मिक कोष स्थापनालगायत विषयका प्रतिबद्धतापत्रमा जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गीता कठरिया र जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका छन् ।
कैलालीमा सर्वाङ्गीण अपाङ्गता विकास नेपालको तथ्याङ्कानुसार १५ हजार ३७५ अपाङ्गता भएका व्यक्ति छन् । पूर्ण अपाङ्गता भएका ९६० र आंशिक अपाङ्गता भएका एक हजार आठ सय छन् । त्यस्तै दुई हजार ४८० रातो कार्ड, चार हजार २५० नीलो कार्ड, तीन हजार ५३४ पहेंलो कार्ड र बाँकी सेतो कार्ड पाएका अपाङ्गता भएका व्यक्ति छन् ।
रातो कार्ड प्राप्त व्यक्तिले मासिक रु दुई हजार तथा अन्यले कार्डका आधारमा शिक्षा, स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुट तथा विकासात्मक कार्यमा आरक्षण र समावेशिताको अवसर पाउँदै आएका थिए ।
जिल्लास्तरमा महिला तथा बालबालिका कार्यालयको सहयोगमा विभिन्न समयमा सरकारबाट वितरित परिचयपत्र र कार्ड अहिले खारेज भइसकेको छ । जिल्लामा सो कार्ड खारेज भएपछि स्थानीय तहमार्फत कार्ड वितरण तथा सेवासुविधा दिने कार्य केही स्थानीय तहले शुरु गरिसकेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











