अपाङ्गता भएकालाई स्वरोजगार बनाउन माग
कैलाली । अपाङ्गता भएकाहरुले आफूहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने खालका योजना ल्याउन स्थानीय तहसँग माग गर्न थालेका छन् ।
कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् ।
अपाङ्गता भएकाहरुका अगुवा नन्दराज भट्टले स्थानीय तह, प्रदेश र सङ्घले अपाङ्गता भएकाहरुलाई जीविकोपार्जनमा सघाउन मद्दत पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने माग गरे । ‘‘अपाङ्गता भएकाहरुलाई कमजोर रुपमा हेर्ने मानसिकता र उनीहरुले पनि आफूमा रहेको हीनताबोधले गर्दा अरुको सहारामा जिन्दगी बाँच्नुपरेको छ’’, भट्टले भने, ‘‘दृढ इच्छाशक्ति र कामप्रतिको लगनशीलता भएमा आत्मनिर्भर र सफल हुन सकिन्छ, त्यसका लागि स्थानीय सरकारको सहयोग आवश्यक छ ।’’
कैलालीमा कोही जन्मजात त कोही विभिन्न रोग तथा दुर्घटनामा परेर अपाङ्गता बन्नुपरेको छ । ‘‘समाजमा त्यस्ता व्यक्तिप्रति करुणा भाव व्यक्त गर्नेहरु प्रशस्तै भेटिन्छन् तर उनीहरुको उत्साह र सम्भावनालाई जगाउनेहरु एकदमै न्यून छन्’’, भट्टले भने ‘‘ नीतिगत रुपमै अपाङ्गता भएकाहरुको जीविकोपाजर्नमा मद्दत पुग्ने वातावरण तयार हुनुपर्छ ।’’
उनीहरुसंँगको छलफलपछि कैलालीका जोशीपुर र जानकी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको मुख्य माग सम्बोधन गर्ने गरी गाउँपालिकामा तीन वर्षभित्र सम्पन्न गर्ने गरी २० बूँदे प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाका अपाङ्गतालाई परिचयपत्र दिने, सूचना डिजिटल प्रविधिमा राख्ने, निःशुल्क रुपमा प्रदान गरिने अनियमित छात्रवृत्ति अन्त्य गर्ने तथा सामाजिक एवं विकासात्मक कार्य र नीतिनियम बनाउने कार्यमा अपाङ्गतालाई समान र समतामूलक रुपमा सहभागिता गराउने प्रतिबद्धता गरेका छन् ।
जनप्रतिनिधिले अपाङ्गता भएकालाई सेवासुविधा र बेसहारा बालबालिकालाई विद्यालयको पहुँचमा अभिवृद्धि, आर्थिक रुपमा कमजोरलाई क्षमतानुसारको स्वरोजगारको व्यवस्था, शौचालय र बैङ्कमा पहुँचयुक्त एटिएम, अपाङ्गता आकस्मिक कोष स्थापनालगायत विषयका प्रतिबद्धतापत्रमा जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गीता कठरिया र जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका छन् ।
कैलालीमा सर्वाङ्गीण अपाङ्गता विकास नेपालको तथ्याङ्कानुसार १५ हजार ३७५ अपाङ्गता भएका व्यक्ति छन् । पूर्ण अपाङ्गता भएका ९६० र आंशिक अपाङ्गता भएका एक हजार आठ सय छन् । त्यस्तै दुई हजार ४८० रातो कार्ड, चार हजार २५० नीलो कार्ड, तीन हजार ५३४ पहेंलो कार्ड र बाँकी सेतो कार्ड पाएका अपाङ्गता भएका व्यक्ति छन् ।
रातो कार्ड प्राप्त व्यक्तिले मासिक रु दुई हजार तथा अन्यले कार्डका आधारमा शिक्षा, स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुट तथा विकासात्मक कार्यमा आरक्षण र समावेशिताको अवसर पाउँदै आएका थिए ।
जिल्लास्तरमा महिला तथा बालबालिका कार्यालयको सहयोगमा विभिन्न समयमा सरकारबाट वितरित परिचयपत्र र कार्ड अहिले खारेज भइसकेको छ । जिल्लामा सो कार्ड खारेज भएपछि स्थानीय तहमार्फत कार्ड वितरण तथा सेवासुविधा दिने कार्य केही स्थानीय तहले शुरु गरिसकेका छन् ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












