एक्चुअरिको शोषणमा बीमा कम्पनी,नियामक रमिते कि मिलोमतो ?
काठमाडाैँ । नेपालले बिदेशि लेखानितीको तुलनामा आफ्नो देशको लेखानिती पनि होस भन्ने उद्देश्यले Nepal Financial Reporting Standard (NFRS) लागु गर्न विगत केहि वर्ष अघि देखि नै प्रयास गर्दै आएकोमा बैंक तथा वित्तिय संस्थामा विगत वर्ष देखि लागु भएको छ ।
तर बीमा कम्पनीहरुमा आ.व. २०७४।७५ को वासलात NFRS अनुसार स्विकृतीका लागि पेश गर्न हचुवाको भरमा कुनै पुर्व सुचना अथवा तयारी बिना नै बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको कारण आज सम्पूर्ण बीमा कम्पनीहरु एक्चुअरि र बीमा समितिको माखे साँग्लोमा परेकाछन् । एक्चुअरिले बीमा कम्पनीहरुलाई हाकाहाकी अनावश्यक लाखौं रकम घुस माँग गर्ने गरेको र नदिएमा अत्यधिक प्रोभिजन राखिदिने र सो बीमा समिति समेतले काट्न नसक्ने भनि धम्कि दिएको केहि बीमा कम्पनीका कर्मचारीहरुले जानकारी गराएकाछन् । हाल अत्यधिक बीमा कम्पनीहरुको एक्चुअरिको कार्य मुम्बइ स्थित कार्यालय रहेको ग्लोबल रिस्क कन्सल्टेन्टका संचालक लियाकत खान ले पाएकाछन ।
लियाकत खान भन्ने व्यक्ति आफैंमा करिब ७५ वर्ष भन्दा माथिका बृद्ध छन् जसको बोलिको उच्चारण सम्म बुझ्न गाह्रो हुन्छ । बृद्ध अवस्थामा रहेको व्यक्ति जति सुकै अनुभवि भएतापनि उस्को स्मरणशक्ति क्षिण हुनु, चिडचिडा हुनु, एकोहोरो हुनु र लोभि हुनु स्वभाविक हो ।
झन यस पेशामा अब उ धेरै वर्ष नरहने भएकोले चाँडै पैसा कमाउने सोच वा लोभ हुनु स्वभाविक हो । लियाकत खानको उक्त चाहनालाई पूर्ण गर्न उस्को असिस्टेन्ट इशा खान माहिर खेलाडि हुन जस्ले भारतमा समेत विभिन्न कम्पनीहरु संग रकम लिन सक्षम भएको हामीलाई जानकारी प्राप्त भएको छ । नेपाली कम्पनीका व्यवस्थापनलाई अत्यधिक प्रोभिजन गरि तर्साउने अनि संचालकहरु संग रकमको बार्गेनिङ गर्न इशालाई अगाडि लगाउने र रकमको कुरा मिलेमा क्लिन रिपोर्ट दिने अन्यथा अत्यधिक प्रोभिजनका साथ रिपोर्ट पठाउने गरेको पाइयो ।
हाल सम्म ७।८ वटा कम्पनीहरुले एक्चुअरिको रिपोर्ट लिइ सकेको र त्यस मध्ये केहि कम्पनीहरु संग रकम नमिलेको, केहि संग जनहि २० देखि २५ लाख भारतिय रकम असुल गरेको र केहिलाई साधारण प्रोभिजन राखि रिपोर्ट दिएको खवर हामीले अत्यधिक भित्रि तहबाट प्राप्त गरेका छौं । अझै केहि देशकै प्रतिष्ठित कम्पनीहरुले एक्चुअरिको रिपोर्ट प्राप्त गर्न सकेका छैनन् किन भने ती कम्पनीहरुलाई डाटाको झन्झटमा राखेको र केहि संग बार्गेनिङ भइरहेको जानकारी प्राप्त भएको छ । इशा खानले हाल सालै बिहे गरेकि र बिहेमा अत्यधिक दहेज खर्च भएकोले सो उठाउन नेपालका बीमा कम्पनीहरु संग सहज भएकोछ ।
लियाकत खान भन्ने बृद्ध व्यक्तिमात्र संसारमा एक्चुअरिको काम गर्छन् त ? हैन भने उसैले मात्र दर्जनौ कम्पनीको एक्चुअरिको कार्य कसरि पाए ? यी सब प्रश्नहरुले गलत कार्य भएको प्रमाण आफैं पेश गरेको छ । नियामकले कस्तो एक्शन लिने हो हेर्न बाँकी नै छ ।
तर बीमा कम्पनीहरुलाई यस्तो अवस्था पर्दा नियामक किन चुप भएको हो ? के एक्चुअरिको गलत रिपोर्टलाई समेत स्विकार्नु पर्ने के बाध्यता ? संसारमा एक्चुअरिको रिपोर्ट मा चित्त नबुझैमा बाह्य लेखा परिक्षकले सप्रमाण एक्चुअरिको रिपोर्टलाई काटेर नियामकलाई पेश गर्दछ तर नेपालमा एक्चुअरिको रिपोर्ट नै अन्तिम हुने हो र ? हैन भने बीमकहरु किन मोलतोलमा अल्झेका ? अथवा एक्चुअरिले मेरो रिपोर्टमा बीमा समितीले पनि केहि नगर्ने भनि किन धम्कि दिइ रहेको छ ? के नियामक समेत यसमा हिस्सेदार छ र ?
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











