जनअपेक्षा अनुसार काम नभए सहमतीमै सरकार परिवर्तन हुन्छः प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणका दौरान भएको समझदारी अनुसार आफ्नो भूमिका परिभाषित हुनुपर्ने प्रचण्डको भनाई छ।
अन्तर्वार्तामा उनले भनेका छन् ‘केपीजी र मेरो कुरा हुँदा सहमति अनुसार जाने नै भन्ने छ। म अहिले आशंका गर्दिनँ। फेरि उहाँ र मबीच सहमति भयो पार्टीमा नयाँ सहमति भयो भने केपीजी नै पाँच वर्ष जान पनि सक्नुहुन्छ।’
आधा–आधा कार्यकाल नेतृत्वमा सहमति भएको हो भन्ने प्रश्नमा पुनः प्रचण्डले भनेका छन् ‘म पनि एउटा नेताको हिसाबले मेरो जिम्मेवारी पनि परिभाषित हुनुपर्छ। त्यसो भएमा सरकारको नेतृत्व एउटा अध्यक्षले पार्टीको नेतृत्व अर्को अध्यक्षले गर्यो भने सन्तुलन मिल्छ। म प्रधानमन्त्री भइरहनु पर्दैन। पार्टी अध्यक्षका रुपमा मैले भूमिका खेल्छु। यसबारेमा पार्टी पंक्तिमा छलफल चलिरहेको छ।’
प्राइभ टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रचण्डले सरकारको नेतृत्व आलोपालो गरेर जाने समझदारी रहेको बताएका छन्। ‘सरकारको नेतृत्व आलोपालो गरेर जाने भन्ने छ। लिखितै छ। बाहिर नै आइसकेको छ। यसमा धेरै प्रश्न गर्नुपर्ने म आवश्यकता नै ठान्दिनँ।’
उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने बताए।
प्रस्तुत छ प्रचण्डसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश:
ऋषि धमला – कुरो चुरोमा आइपुग्यो। तपाईं र ओलीको बीचमा साढे दुई वर्ष ओलीले नेतृत्व गर्ने। त्यसपछि साढे दुई वर्ष तपाईं प्रधानमन्त्री बन्ने सहमति भएको थियो। उहाँ प्रधानमन्त्री भैसक्नुभएको छ। १५ महिना भैसक्यो। तपाईं अब साढे दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएर पार्टी एकता भयो। यदि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिखेर प्रधानमन्त्री पद छाड्नु भएन भने तपाईंले के गर्नुहुन्छ?
प्रचण्ड – जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दु:ख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु। तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के-के हुन् भनेर भनिराखेको छु। त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं।
एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ।
दोश्रो सवाल जनताको सुशासन र विकास तथा समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो। जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएको बेला सुशासनको अनुभूति गर्यो कि गरेन? यो एउटा सवाल हो भने अब जनताले देशमा विकास हुने भयो। भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो। विकास र समृद्धितिर पनि गयो। सरकार र पार्टी नेताको अर्को कुनै स्वार्थ्य छैन भन्ने जनताले बुझ्यो भने चिज एक ढंगले जान्छ।
जनताले होइन भ्रष्टाचार त बढेको छ। चिज झन् उस्तै छ। विकास पनि भनेको जस्तो अगाडि आइराखेको छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ। कुरा बुझ्नुभयो त। पार्टीभित्र छलफलले गर्दा हिजो जे सहमति भएको छ त्यो स्पिरिटमा अगाडि बढ्यौं भने चिज एक ढंगले जान्छ। त्यो सहमतिभन्दा विपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जान्छ।
म पार्टीको अध्यक्षको नाताले पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले यसलाई बचाउने, सुदृढ गर्ने, एकताको आधारमा टेक्ने, जे सहमति गरिएको हो त्यो इमान्दारिता साथ कार्यान्वयन गर्ने। के का लागि भन्दा देश र जनताका लागि । जनताको विकासको आंकाक्षाका लागि। तर त्योबाट दायाँबायाँ गर्यो भने त्यो टिक्नेवाला छैन भन्नेछ मेरो। मैले गर्न खोजें भने म पनि टिक्दिनँ। अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन।
हामी कसैले धेरै घमण्ड गरियो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन। यो कुरा मलाई लाग्छ, हामी सबैले महसुस गरेका छौं।
ऋषि धमला – ओली र तपाईंबीचमा असझदारी बढ्यो। दूरी बढ्यो भन्नेहरू पनि छन् नि बाहिर।
प्रचण्ड – त्यस्तो होइन। हामीले सहमति कार्यान्वयनमा आवश्यक गम्भीरता र निर्णय लिँदा सम्पूर्ण रूपमा इमान्दार र पारदर्शी रूपमा छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ। त्यहाँ गम्भीर भएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ। तर हामी अहिले जसरी छलफल गरिराखेका छौं। त्यहाँ केपीजीसँग मेरो खुलेर छलफल हुन्छ।
तीन चार दिन अगाडि बस्यौं। खुलेर मनमा लागेको कुरा भनियो। दुई जना मात्र बसेर। यसले के देखाउँछ भने एकता गर्दाको स्पिरिट, जनताले दिएको भरोसा विश्वास। हामीले एकले अर्कालाई दिएको भरोसा विश्वास तोड्ने होइन बलियो बनाउनेतर्फ जाने लाइनमा छलफल भएको छ।
ऋषि धमला – एकता महाधिवेशनपछि तपाईंलाई अध्यक्ष बनाउनुभयो भने उहाँ पाँच वर्षको प्रधानमन्त्री हो?
प्रचण्ड – अब त्यो सही होइन। त्यो पूरा होइन। सही त हो, सत्यको अंश हो, पूरै होइन। केपीजीले एकता महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैन। मुख्य कुरा जनताले चाहेजस्तो सुशासन र विकासलाइ पनि गति दिइयो र एकता अधिवेशनमा सबैकुरा सहमतिमा गयो भने केपीजी पाँचै वर्ष प्रधानमन्त्री हुन सक्नुहुन्छ। त्यही हो।
ऋषि धमला – जनताको चाहनाअनुसार काम भएन भने नेतृत्व परिवर्तन हुन सक्छ?
प्रचण्ड – भएन भने त त्यो हुनसक्छ। त्यो त सहमतिअनुसार परिवर्तन गर्नु पर्ने स्थिति आउन सक्छ।
ऋषि धमला – माधवकुमार नेपाल बामदेव गौतम झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको बीचमा एउटा सहमति भैसकेको छ रे। संसदीय दलको नेता परिवर्तन गर्ने केपी शर्मा ओलीलाई हटाएर तपाईं प्रधानमन्त्री बन्ने? त्यो निर्णय भएको हो?
प्रचण्ड – त्यो बिल्कुल गलत कुरा हो। सरकारलाई कसरी सफल पार्ने। पार्टी एकता कसरी सफल पार्ने भन्ने विषमा विभिन्न नेतासँग छलफल भएकै छ। यो कुरा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम मेरोबीचमा मात्र होइन। मेरो र प्रधानमन्त्रीको बीचमा पनि छलफल सबैभन्दा धेरै हुन्छ। अहिले पनि उत्तिकै छलफल भैराखेको छ। मेरो र ईश्वर पोरखेलको बीचमा छलफल भैराखेको छ। मेरो र महासचिव विष्णु पौडेलको बीचमा त झन् डे टु डे कुराकानी भैराख्न पर्छ। भैराखेको छ। अहिले कुनै पनि छलफल सरकार हटाउने र अर्को सरकार बनाउने विषयमा केन्द्रीत भएर भएको छैन। सरकारलाई के गरी प्रभावकारी बनाउने पार्टी एकतालाई के गरी छिटोभन्दा छिटो राम्रो तरिकाले टुङ्ग्याउने। आजसम्म भएको छलफल यहाँसम्म सीमित छ। बाँकी सबै हल्ला हुन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












