सोलुखुम्बुको गुदेलमा विप्लवको सैन्य तालिम केन्द्र ?
काठमाडाैँ । सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको छ।
जनयुद्धकालमा तत्कालीन माओवादीले नै सेल्टरका रुपमा प्रयोग गर्दै आएको जिल्लाको महानुकुलङ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको गुदेलस्थित जंगलमा विप्लवले सैन्य तालिम चलाएको दाबी सुरक्षा स्रोतले गरेको छ।
विप्लवले गुदेलको जंगलमा तालिम केन्द्र चलाएको सूचना डेढ महिनाअघि नै सदरमुकाम सल्लेरीस्थित सुरक्षानिकायलाई आएको थियो।
सल्लेरीबाट २५ कोष टाढाको महाकुलुङ गाउँपालिकास्थित घना जंगलमा विप्लवले तालिम केन्द्र चलाएको सूचना पाएपछि डेढ अघिदेखि उक्त क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालित गरिएको थियो।
‘विप्लव समूहले गुदेलमा सैन्य तालिम चलाएको सूचनाका आधारमा त्यस क्षेत्रमा सशस्त्र प्रहरी ‘मूभ’ गरेका थियौँ’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकारी भन्छन्, ‘उनीहरुलाई त्यस क्षेत्रबाट हटाउने रणनीति अनुसार सशस्त्र प्रहरी पठाइए पनि तालिम केन्द्र रहेको जंगलसम्म पुग्न सकेका थिएनन्।
सदरमुकामस्थित सुरक्षानिकायलाई महाकुलुङका स्थानीयले गुदेलको जंगलमा सैन्य तालिम भइरहेको सूचना दिएका थिए। ‘स्थानीयबासीले तालिम गर्दै गरेको जानकारी पहिले नै दिएका थिए’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकृत भन्छन्, ‘सशस्त्रको टोलीले त्यो घना जंगला छिचोल्न नसकेर फर्कियो।
दुई चार दिन गुदेलमा बसेको थियो सशस्त्रको टोली।’ स्थानीयबासीले महाकुलुङमा गतिविधि गर्ने विप्लवका कार्यकर्ता अन्य जिल्लाका भएको बताएका छन्।
विप्लवका कार्यकर्ताले तालिम गरिरहेको सूचनापछि उच्च सतर्कता अपनाइएको दाबी एक प्रहरी अधिकृतले गरेका छन्। दूधकोसीबाट गाडी जाँदैन
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











