सोलुखुम्बुको गुदेलमा विप्लवको सैन्य तालिम केन्द्र ?
काठमाडाैँ । सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको छ।
जनयुद्धकालमा तत्कालीन माओवादीले नै सेल्टरका रुपमा प्रयोग गर्दै आएको जिल्लाको महानुकुलङ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको गुदेलस्थित जंगलमा विप्लवले सैन्य तालिम चलाएको दाबी सुरक्षा स्रोतले गरेको छ।
विप्लवले गुदेलको जंगलमा तालिम केन्द्र चलाएको सूचना डेढ महिनाअघि नै सदरमुकाम सल्लेरीस्थित सुरक्षानिकायलाई आएको थियो।
सल्लेरीबाट २५ कोष टाढाको महाकुलुङ गाउँपालिकास्थित घना जंगलमा विप्लवले तालिम केन्द्र चलाएको सूचना पाएपछि डेढ अघिदेखि उक्त क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालित गरिएको थियो।
‘विप्लव समूहले गुदेलमा सैन्य तालिम चलाएको सूचनाका आधारमा त्यस क्षेत्रमा सशस्त्र प्रहरी ‘मूभ’ गरेका थियौँ’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकारी भन्छन्, ‘उनीहरुलाई त्यस क्षेत्रबाट हटाउने रणनीति अनुसार सशस्त्र प्रहरी पठाइए पनि तालिम केन्द्र रहेको जंगलसम्म पुग्न सकेका थिएनन्।
सदरमुकामस्थित सुरक्षानिकायलाई महाकुलुङका स्थानीयले गुदेलको जंगलमा सैन्य तालिम भइरहेको सूचना दिएका थिए। ‘स्थानीयबासीले तालिम गर्दै गरेको जानकारी पहिले नै दिएका थिए’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकृत भन्छन्, ‘सशस्त्रको टोलीले त्यो घना जंगला छिचोल्न नसकेर फर्कियो।
दुई चार दिन गुदेलमा बसेको थियो सशस्त्रको टोली।’ स्थानीयबासीले महाकुलुङमा गतिविधि गर्ने विप्लवका कार्यकर्ता अन्य जिल्लाका भएको बताएका छन्।
विप्लवका कार्यकर्ताले तालिम गरिरहेको सूचनापछि उच्च सतर्कता अपनाइएको दाबी एक प्रहरी अधिकृतले गरेका छन्। दूधकोसीबाट गाडी जाँदैन
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












