चैनपुरमा खानेपानी योजनाकाे उद्घाटन, पानी बाेक्न घण्टौं हिड्नुपर्ने सास्तीबाट मुक्ति
काठमाडौं। खानेपानी मन्त्री बिना मगरले धादिङ जिल्लाकाे ज्वालामूखी गाउँपालिकाकाे चैनपुरमा सम्पन्न भएकाे चैनपुर खानेपानी आयाेजनाकाे उद्घाटन गरेका छन ।
साेमबार मन्त्री मगरले धादिङकाे सदरमुकाम धादिङबेसीबाट १९ किलाेमिटर उत्तरमा निर्माण सम्पन्न भएकाे खानेपानी आयाेजनाकाे उद्घाटन गरिन । उक्त खानेपानी अायाेजना उद्घाटन गर्दै मन्त्री मगरले चैनपुरबासीले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकाेमा खुसी व्यक्त गरिन।
अायाेजनाकाे उद्घाटन गर्दै मन्त्री मगरले भनिन, हेर्दा सानाे देखिए पनि याे निकै रणनीतिक महत्व बाेकेकाे अायाेजना हाे। याे आयाेजना बन्नुपूर्व यहाँका महिलाकाे प्रत्येक बिहान पानी बाेक्नमै बित्थ्याे। अब त्याे परिस्थितिकाे अन्त्य भएकाे छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बाेक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिकाे समय खर्च गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य गरेका छाैं।
“हामी तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई खानेपानी पुर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौं “उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री मगरले भनिन- “खानेपानीकाे व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी मूख्यत महिलाकै काँधमा हुन्छ। पानी बाेक्न समय खर्चिदा महिलाहरुले अरु काममा समय दिन सक्नुभएकाे छैन। याे बाध्यताकाे अन्त्य गरेर मात्र समृद्ध नेपाल बनाउन सकिन्छ, हामी तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई शुद्द खानेपानी पुर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौं।
महिला सबल भए, महिला अात्मनिर्भर भए मात्र समाज र देश समृद्ध बन्छ। महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन भ्याएका छैनन्, याे बाध्यता मैले राम्राेसँग बुझेकाे छु। तपाईहरुकाे समस्यालाई अाफ्नै समस्या ठानेर काम गरिरहेकाे छु र गर्नेछु मन्त्री मगरले भनिन, संविधानले खानेपानीलाई माैलिक हककाे रुपमा व्यवस्था गरेकाे छ। त्यसकाे कार्यान्वयनका लागि मन्त्रालय गम्भीर रुपमा लागिरहेकाे छ।
विश्व बैंक र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड ) को आर्थिक सहयोगमा संचालित उक्त आयोजना सम्पन्न भएपछि करिब १ हजार जनसंख्या लाभान्वित हुने भएका छन् ।
यस आयोजनामा ४ वटा इन्टेक, ६ वटा ट्याङकी, ४ ठाउँमा पम्प हाउस र २ ठाउँमा पानी वितरण केन्द्र छन् । यस आयोजना अन्तर्गत १ सय ६१ घरमा मिटर सहितको धारा जडान गरिएको छ ।
फाेकस नेपालकाे प्राविधिक सहयोगमा सम्पन्न भएकाे यो आयोजना वि.सं. २०७१ बाट प्रारम्भ भएकाे हो । १ कराेड ३४ लाख ४२ हजार छत्तीस रुपैयाँको लागतमा सम्पन्न उक्त अायाेजनाबाट चैनपुरका १६१ घरधुरी लाभान्वित भएका छन्।
अायाेजनाले उत्तरी धादिङका हजाराैं नागरिक लाभान्वित भएकाे उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्खुलीले बताइन।
कार्यक्रममा धादिङ्का सङ्घीय सांसदहरु गुरु बुर्लाकाेटी, खेमप्रसाद लाेहनी, विश्व बैंकका नेपाल प्रबन्धक फारिस हदाद जेरबाेस, फण्ड बाेर्डका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल लगायतले सम्बाेधन गरेका थिए ।

Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












