चैनपुरमा खानेपानी योजनाकाे उद्घाटन, पानी बाेक्न घण्टौं हिड्नुपर्ने सास्तीबाट मुक्ति
काठमाडौं। खानेपानी मन्त्री बिना मगरले धादिङ जिल्लाकाे ज्वालामूखी गाउँपालिकाकाे चैनपुरमा सम्पन्न भएकाे चैनपुर खानेपानी आयाेजनाकाे उद्घाटन गरेका छन ।
साेमबार मन्त्री मगरले धादिङकाे सदरमुकाम धादिङबेसीबाट १९ किलाेमिटर उत्तरमा निर्माण सम्पन्न भएकाे खानेपानी आयाेजनाकाे उद्घाटन गरिन । उक्त खानेपानी अायाेजना उद्घाटन गर्दै मन्त्री मगरले चैनपुरबासीले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकाेमा खुसी व्यक्त गरिन।
अायाेजनाकाे उद्घाटन गर्दै मन्त्री मगरले भनिन, हेर्दा सानाे देखिए पनि याे निकै रणनीतिक महत्व बाेकेकाे अायाेजना हाे। याे आयाेजना बन्नुपूर्व यहाँका महिलाकाे प्रत्येक बिहान पानी बाेक्नमै बित्थ्याे। अब त्याे परिस्थितिकाे अन्त्य भएकाे छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बाेक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिकाे समय खर्च गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य गरेका छाैं।
“हामी तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई खानेपानी पुर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौं “उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री मगरले भनिन- “खानेपानीकाे व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी मूख्यत महिलाकै काँधमा हुन्छ। पानी बाेक्न समय खर्चिदा महिलाहरुले अरु काममा समय दिन सक्नुभएकाे छैन। याे बाध्यताकाे अन्त्य गरेर मात्र समृद्ध नेपाल बनाउन सकिन्छ, हामी तीन वर्षभित्र सतप्रतिशत नेपालीलाई शुद्द खानेपानी पुर्याउने लक्ष्यका साथ अघि बढिरहेका छौं।
महिला सबल भए, महिला अात्मनिर्भर भए मात्र समाज र देश समृद्ध बन्छ। महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन भ्याएका छैनन्, याे बाध्यता मैले राम्राेसँग बुझेकाे छु। तपाईहरुकाे समस्यालाई अाफ्नै समस्या ठानेर काम गरिरहेकाे छु र गर्नेछु मन्त्री मगरले भनिन, संविधानले खानेपानीलाई माैलिक हककाे रुपमा व्यवस्था गरेकाे छ। त्यसकाे कार्यान्वयनका लागि मन्त्रालय गम्भीर रुपमा लागिरहेकाे छ।
विश्व बैंक र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड ) को आर्थिक सहयोगमा संचालित उक्त आयोजना सम्पन्न भएपछि करिब १ हजार जनसंख्या लाभान्वित हुने भएका छन् ।
यस आयोजनामा ४ वटा इन्टेक, ६ वटा ट्याङकी, ४ ठाउँमा पम्प हाउस र २ ठाउँमा पानी वितरण केन्द्र छन् । यस आयोजना अन्तर्गत १ सय ६१ घरमा मिटर सहितको धारा जडान गरिएको छ ।
फाेकस नेपालकाे प्राविधिक सहयोगमा सम्पन्न भएकाे यो आयोजना वि.सं. २०७१ बाट प्रारम्भ भएकाे हो । १ कराेड ३४ लाख ४२ हजार छत्तीस रुपैयाँको लागतमा सम्पन्न उक्त अायाेजनाबाट चैनपुरका १६१ घरधुरी लाभान्वित भएका छन्।
अायाेजनाले उत्तरी धादिङका हजाराैं नागरिक लाभान्वित भएकाे उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्खुलीले बताइन।
कार्यक्रममा धादिङ्का सङ्घीय सांसदहरु गुरु बुर्लाकाेटी, खेमप्रसाद लाेहनी, विश्व बैंकका नेपाल प्रबन्धक फारिस हदाद जेरबाेस, फण्ड बाेर्डका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल लगायतले सम्बाेधन गरेका थिए ।

Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












