को हुन पूर्व शिक्षा मन्त्री धनिराम पाैडेल ?
काठमाडौ । धनिराम पौडेल अर्थात डिआर पौडेल कम्युनिष्ट आन्दोलनका एक सच्चा इमान्दार नेता मानिन्थे ।
बुवा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ साल कार्तिक ४ गते तत्कालीन दरौ गाविस कुन्चेवारी स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखी वामपन्थी राजनीतिमा सक्रिय हुँदै आएका थिए ।
मोहन विक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को विद्यार्थी संगठनको कार्यकर्ता हुँदै २०३९ सालमा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रिय सदस्य र २०५१ मा नेकपा एकता केन्द्र विभाजनपछी अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रिय संयोजक चुनिएका थिए ।
२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएका उनले २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्यमा चयन भएका थिए । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहेका उनी अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत थिए । २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिएका पौडेलले त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहँदै आएका थिए ।
तात्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य भएका थिए भने, पछि पोलिट्व्युरो सदस्यको जिम्मेवारीमा पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका थिए ।
उनले त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविवाट एसएलसी पास गरेका थिए ।
प्रचण्ड प्रधानमन्त्री बनेका बेला शिक्षा मन्त्री बनेका उनले शिक्षा नियमावली सुधार र सुदृढ बनाएर नेपालको शिक्षा प्रणाली नै सुधार गर्ने अभियानमा जुटेका थिए ।
तत्कालीन एमाओवादीका अध्यक्ष प्रचण्ड चित्वनवाट उम्मेदवार बन्नेभएपछी उनले उम्मेदवारी नै नदिएर प्रचण्डलाई निर्वाचन जिताउन लागिपरेका थिए ।
तर, पौडेल चितवन मै रहेका बेला हृदयघात भएर ज्यान गुमाउन पुगेका छन् । पौडेलको निधनप्रति दुख व्यक्त गर्दै प्रचण्डले मर्माहत बनेको जनाएका छन् ।
यस्तै नेकपा माडी नगरपालिका नगर कर्यालयको आकस्मिक बैठकले दुख व्यक्त गरेको छ भने आज ११ बजे नै नेकपा अध्यक्ष प्रचण्ड प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतको नेताहरुको टोली चितवन प्रस्थान गर्ने भएको छ ।
प्रचण्डका समेत विश्वासपात्र मानिने पौडेल युवा वर्गमाझ लोकप्रिय थिए भने उनको परिवारमा २ छोरी र श्रीमती रहेका छन् । यद्यपि उनी नेकपा प्रवक्ता श्रेष्ठका अत्यन्तै महत्वपूर्ण विश्वासपात्रका रुपमा चिनिन्थे ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











