बिना मापदण्ड फोकस नेपालले गर्यो उत्कृष्ठ स्कुलको नाममा सम्मान
काठमाडाैं । फोकस नेपाल नामक एक संस्थाले नेपालभरका सर्वोत्कृष्ठ १० स्कुल छनाैट गर्दै सम्मान गरेपछि पैसाको चलखेलमा सम्मान र पुस्कार राशी वितरण गरिएको हल्लाले बजारमा स्थान पाउदै गएको छ ।
मुलुकभरबाट छानिएका १० स्कुलहरु रिजल्टमा उत्कृष्ठ भएको भन्दै विद्यालय संचालकबाटै पैसा असुल गरेर पुरस्कार वितरण गरेपछि विरोध सुरु भएको छ ।
एसइईको नतिजा सार्वजनिक हुने दिन नजिकिदै गएपछि स्कुलहरुले आफ्नो प्रचार गर्ने माध्यमका रुपमा विकसित हुँदै गएको वातावरणलाई नयाँ प्रयोग गरेर उत्कृष्ठको बिल्ला पैसाको लेनदेनमा भिर्न थालिएको देखिन्छ ।
काठमाडाैंबाट एक स्कुल, विराटनगरबाट तीन स्कुल, भक्तपुरबाट एक र अन्य बाहिरका विद्यालयलाई सम्मान गरेपनि ती स्कुललाई राज्यले उत्कृष्ठ स्कुलको सुचीमा नराखेको जनाइएको छ । यसबारे परिक्षा नियन्त्रण कार्यालय भक्तपुरमा सम्पर्क गर्दा सम्मानीत भएका स्कुलहरु उत्कृष्ठको सुचीमा नरहेको एक अधिकारीले जनाएका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक स्कुल संचालकले भने, पहिले हामीलाई समेत सम्पर्क गरेका थिए तर पछि पैसा माग्न थालेपछि हामीले यस्तो पुरस्कार थाप्दैनाैं भनेर अस्विकार गरेका हाैं । कति पैसाको बार्हेनिङ गरेका थिए भन्ने न्युज-नेपालको प्रश्नमा ती व्यक्तिले भने, पैसा यत्ति भनेर खुलाउन त खुलाएनन । सुरु मै पैसाको कुरा गरेपछि पैसा लिएर सम्मान पाउनु भन्दा नपाएकै वेश भनेर हामीले अस्विकार गरेका हाैं । यसैमा थप्दै उनी भन्छन्, मापदण्ड केहि छैन् । नीजि स्कुललाई पब्लिसिटि चाहिएको छ । यस्ता कार्यक्रमले थप प्रचार गरि दिइहाल्छ । त्यसैले पैसा खर्च गरेर स्कुल संचालकहरुले पैसा तिर्न लालायीत भइहाल्छन् ।
पुरस्कार वितरण गर्दा आयोजक टिमले कलेज संचालकबाट पैसा असुल गरेर पुरस्कार दिएकै कारण फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल न्युज-नेपालको सम्पर्कमा आउन चाहेका छैनन् । उनीसँग उत्कृष्ठको मापदण्ड र सम्मानका बारेमा बुझ्न खोज्दा उनी तर्किएका छन् ।
पुरस्कार थाप्नेहरु समेत मिडियामा आउदा आयोजकले छानेकै भरमा पुरस्कार थाप्न आएको बताउदै आएका छन् ।
सम्मान थाप्ने एक अरनीको कलेजका संचालक राजेश कार्कीले भने, हामीलाई उत्कृष्ठ स्कुलको सुचीमा छानेर आयोजकले बोलाएपछि हामी सम्मान थाप्न गएका हाैं । यसबारे मापदण्ड या अन्य कुनै कुराको बारेमा हामीलाई जानकारी हुने कुरै भएन । यस्तै मरैरिल्याण्ड स्कुलका संचालक भेषराज पोखरेलले भने, कान्तिपुर साप्ताहिकले पोहोर साल हामीलाई उत्कृष्ठ स्कुल भनेकाले फोकस नेपालको उत्कृष्ठ स्कुलको सुचीमा परेर सम्मान दिएको हुनसक्छ ।
राजधानीबाट संचालिक एक उत्कृष्ठ विद्यालयका संचालकले भने, एसइईको नतिजा सार्वजनिक हुनै लाग्दा यसरी सम्मानको नाममा गलत प्रचार गर्दा विद्यार्थी दिग्भ्रमित हुने वातावरणको सिर्जना भएको छ । यसको मुल उद्धेश्य विद्यार्थीलाई भ्रमित पार्नु नै रहेको उनको ठहर छ ।
प्रदेश १ मा मात्रै ३ वटा स्कुल उत्कृष्ठ ठहरीयपछि त्यस क्षेत्रमा अहिले विभिन्न कुराहरु चल्न थालेका छन् । प्रदेश १ बाट छनाैट परेका स्कुलहरु मध्ये अरनीको कलेज, मेरिल्याण्ड कलेज र शिक्षादिप स्कुल पइरेका छन् । जुन स्कुलको त्यस आसपासका सकुलको तुलनामा नजिता सामान्य छ । राज्यले समेत प्रदेश १ मा संचालित स्कुलहरु मध्ये एभरेष्ट इङलिस बोर्डिङ स्कुल र बिकेभिएम पर्दछन् । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल सम्मान वितरण गर्न कार्यक्रम स्थलमै पुगेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












