बिना मापदण्ड फोकस नेपालले गर्यो उत्कृष्ठ स्कुलको नाममा सम्मान
काठमाडाैं । फोकस नेपाल नामक एक संस्थाले नेपालभरका सर्वोत्कृष्ठ १० स्कुल छनाैट गर्दै सम्मान गरेपछि पैसाको चलखेलमा सम्मान र पुस्कार राशी वितरण गरिएको हल्लाले बजारमा स्थान पाउदै गएको छ ।
मुलुकभरबाट छानिएका १० स्कुलहरु रिजल्टमा उत्कृष्ठ भएको भन्दै विद्यालय संचालकबाटै पैसा असुल गरेर पुरस्कार वितरण गरेपछि विरोध सुरु भएको छ ।
एसइईको नतिजा सार्वजनिक हुने दिन नजिकिदै गएपछि स्कुलहरुले आफ्नो प्रचार गर्ने माध्यमका रुपमा विकसित हुँदै गएको वातावरणलाई नयाँ प्रयोग गरेर उत्कृष्ठको बिल्ला पैसाको लेनदेनमा भिर्न थालिएको देखिन्छ ।
काठमाडाैंबाट एक स्कुल, विराटनगरबाट तीन स्कुल, भक्तपुरबाट एक र अन्य बाहिरका विद्यालयलाई सम्मान गरेपनि ती स्कुललाई राज्यले उत्कृष्ठ स्कुलको सुचीमा नराखेको जनाइएको छ । यसबारे परिक्षा नियन्त्रण कार्यालय भक्तपुरमा सम्पर्क गर्दा सम्मानीत भएका स्कुलहरु उत्कृष्ठको सुचीमा नरहेको एक अधिकारीले जनाएका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक स्कुल संचालकले भने, पहिले हामीलाई समेत सम्पर्क गरेका थिए तर पछि पैसा माग्न थालेपछि हामीले यस्तो पुरस्कार थाप्दैनाैं भनेर अस्विकार गरेका हाैं । कति पैसाको बार्हेनिङ गरेका थिए भन्ने न्युज-नेपालको प्रश्नमा ती व्यक्तिले भने, पैसा यत्ति भनेर खुलाउन त खुलाएनन । सुरु मै पैसाको कुरा गरेपछि पैसा लिएर सम्मान पाउनु भन्दा नपाएकै वेश भनेर हामीले अस्विकार गरेका हाैं । यसैमा थप्दै उनी भन्छन्, मापदण्ड केहि छैन् । नीजि स्कुललाई पब्लिसिटि चाहिएको छ । यस्ता कार्यक्रमले थप प्रचार गरि दिइहाल्छ । त्यसैले पैसा खर्च गरेर स्कुल संचालकहरुले पैसा तिर्न लालायीत भइहाल्छन् ।
पुरस्कार वितरण गर्दा आयोजक टिमले कलेज संचालकबाट पैसा असुल गरेर पुरस्कार दिएकै कारण फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल न्युज-नेपालको सम्पर्कमा आउन चाहेका छैनन् । उनीसँग उत्कृष्ठको मापदण्ड र सम्मानका बारेमा बुझ्न खोज्दा उनी तर्किएका छन् ।
पुरस्कार थाप्नेहरु समेत मिडियामा आउदा आयोजकले छानेकै भरमा पुरस्कार थाप्न आएको बताउदै आएका छन् ।
सम्मान थाप्ने एक अरनीको कलेजका संचालक राजेश कार्कीले भने, हामीलाई उत्कृष्ठ स्कुलको सुचीमा छानेर आयोजकले बोलाएपछि हामी सम्मान थाप्न गएका हाैं । यसबारे मापदण्ड या अन्य कुनै कुराको बारेमा हामीलाई जानकारी हुने कुरै भएन । यस्तै मरैरिल्याण्ड स्कुलका संचालक भेषराज पोखरेलले भने, कान्तिपुर साप्ताहिकले पोहोर साल हामीलाई उत्कृष्ठ स्कुल भनेकाले फोकस नेपालको उत्कृष्ठ स्कुलको सुचीमा परेर सम्मान दिएको हुनसक्छ ।
राजधानीबाट संचालिक एक उत्कृष्ठ विद्यालयका संचालकले भने, एसइईको नतिजा सार्वजनिक हुनै लाग्दा यसरी सम्मानको नाममा गलत प्रचार गर्दा विद्यार्थी दिग्भ्रमित हुने वातावरणको सिर्जना भएको छ । यसको मुल उद्धेश्य विद्यार्थीलाई भ्रमित पार्नु नै रहेको उनको ठहर छ ।
प्रदेश १ मा मात्रै ३ वटा स्कुल उत्कृष्ठ ठहरीयपछि त्यस क्षेत्रमा अहिले विभिन्न कुराहरु चल्न थालेका छन् । प्रदेश १ बाट छनाैट परेका स्कुलहरु मध्ये अरनीको कलेज, मेरिल्याण्ड कलेज र शिक्षादिप स्कुल पइरेका छन् । जुन स्कुलको त्यस आसपासका सकुलको तुलनामा नजिता सामान्य छ । राज्यले समेत प्रदेश १ मा संचालित स्कुलहरु मध्ये एभरेष्ट इङलिस बोर्डिङ स्कुल र बिकेभिएम पर्दछन् । पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल सम्मान वितरण गर्न कार्यक्रम स्थलमै पुगेका थिए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











