रसुवामा बर्ड फ्लुको संक्रमण भेटियो, चार किल्ला तोकेर संकटग्रस्त क्षेत्र घोषणा
रसुवा । जिल्लाको नाै कुण्ड गाउँपालिका वडा नम्बर ५ को भोर्लेमा बर्ड फ्लु को संक्रमण देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
बर्ड फ्लुको संक्रमण देखिएपछि रामकुमार थिङ र बुद्धि बहादुर थिङले पालेका कुखुरा फर्ममा रहेका कुखुरा उच्च निगरानीमा राखिएको प्रमुख जिलला अधिकारी अर्जुन भण्डारीले जनाएका छन् ।
अहिले रहेको कुखुराको खोरलाई केन्द्रबिन्दु मानी कुखुरा फार्मको चारै दिशा (पूर्वमा सेतीमाया तमाङको फार्मसम्म, पश्चिममा बसपार्क सँगैको छहरे खोला, उत्तरमा शेषमान तामाङको घरमाथिको बारीसम्म, दक्षिणमा भीम बहादुर थिङको घरमुनी परिधीसम्म )लाइ संकटग्रस्त क्षेत्र घोषणा गरेर उक्त स्थानमा कुखुरा ओसारपसारमा समेत रोक लगाइएको छ ।
कुखुरामा बर्ड फ्लु चेकजाँच गर्न काठमाडाैंको टेकुमा पठाएपछि बर्ड फ्लुको संक्रमण भएको पुष्टी भएको थियो । कुखुरा पशुपंक्षी रोग अन्वेशण प्रयोशाला त्रिपुरेश्वरमा नमूना परीक्षण गर्दा वर्डफ्लु रोग HPAT sub type H5 H1 भेटिएको छ । त्यसैले त्यस क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नुका साथै ओसारपसारमा समेत रोक लगाएका हाैं । प्रजिअ भण्डारीले भने ।
यद्यपी यी कुखुरालाई नष्ट गर्नका लागि डा. तुलसीराम गम्पेको नेतृत्वमा र्यापिड रेस्पोन्स टिम (Rapid response team) गठन गर्दै ती कुखुरा नष्ट गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












