रसुवामा बर्ड फ्लुको संक्रमण भेटियो, चार किल्ला तोकेर संकटग्रस्त क्षेत्र घोषणा
रसुवा । जिल्लाको नाै कुण्ड गाउँपालिका वडा नम्बर ५ को भोर्लेमा बर्ड फ्लु को संक्रमण देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
बर्ड फ्लुको संक्रमण देखिएपछि रामकुमार थिङ र बुद्धि बहादुर थिङले पालेका कुखुरा फर्ममा रहेका कुखुरा उच्च निगरानीमा राखिएको प्रमुख जिलला अधिकारी अर्जुन भण्डारीले जनाएका छन् ।
अहिले रहेको कुखुराको खोरलाई केन्द्रबिन्दु मानी कुखुरा फार्मको चारै दिशा (पूर्वमा सेतीमाया तमाङको फार्मसम्म, पश्चिममा बसपार्क सँगैको छहरे खोला, उत्तरमा शेषमान तामाङको घरमाथिको बारीसम्म, दक्षिणमा भीम बहादुर थिङको घरमुनी परिधीसम्म )लाइ संकटग्रस्त क्षेत्र घोषणा गरेर उक्त स्थानमा कुखुरा ओसारपसारमा समेत रोक लगाइएको छ ।
कुखुरामा बर्ड फ्लु चेकजाँच गर्न काठमाडाैंको टेकुमा पठाएपछि बर्ड फ्लुको संक्रमण भएको पुष्टी भएको थियो । कुखुरा पशुपंक्षी रोग अन्वेशण प्रयोशाला त्रिपुरेश्वरमा नमूना परीक्षण गर्दा वर्डफ्लु रोग HPAT sub type H5 H1 भेटिएको छ । त्यसैले त्यस क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नुका साथै ओसारपसारमा समेत रोक लगाएका हाैं । प्रजिअ भण्डारीले भने ।
यद्यपी यी कुखुरालाई नष्ट गर्नका लागि डा. तुलसीराम गम्पेको नेतृत्वमा र्यापिड रेस्पोन्स टिम (Rapid response team) गठन गर्दै ती कुखुरा नष्ट गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












