किमसँग हात मिलाउदै ट्रम्प बने उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर करियाली नेता किम जोङ उनलाई भेटेका छन् ।
सैनिकरहित सीमा क्षेत्रमा किमलाई भेट्दै ट्रम्पले हात मिलाएका छन् । दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै गएका ट्रम्पले उत्तर कोरियाली सीमा क्षेत्रमा पुग्नेर पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यसअघि पदमा रहेको अवस्थामा कुनै पनि अमेरिकी राष्ट्रपति उत्तर कोरियाली सीमा क्षेत्रमा पुगेका थिएनन् ।
उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो ।
भेटघाटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। पत्रकार सम्मेलनमा ट्रम्पले आजको भेटघाट ऐतिहासिक घटना भएको बताएका छन्।
दुई वर्षअघि भएको आफ्नो भ्रमणका क्रममा पनि ट्रम्प उत्तर कोरियाको सीमासम्म पुग्न खोजेका थिए। तर चर्को विरोधपछि नो म्यान्स ल्याण्डमा जाने उनको कार्यक्रम रोकिएको थियो ।
उत्तर कोरियाली नेता किमले ट्रम्पलाई आफ्नो सीमामा स्वागत गरेर विश्वमा शान्तिको लागि पहल गर्नु आफ्नो कर्तव्य भएको सन्देश समेत दिएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












