नेपाली युवा कृष्ण गाैतमले पाए बेलायती डायना मेमोरियल पुरस्कार
काठमाडाैं । नेपाली युवा कृष्ण गौतमलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो ।
सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । डायना मेमोरिएल अवार्ड बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको प्रतिष्ठित पुरस्कार सामाजिक कार्य तथा मानबिय कार्यमा उल्लेख्य योगदान गरे वापत प्रदान गरीने गरिन्छ ।
कृष्ण गौतमले लक्ष्मी प्रतिष्ठान मार्फत आफनो समय, श्रम सेवामा लगाएका छन् । ठुलो दाजुको दुर्घटनामा मृत्यु हुँदा कृष्ण केवल १४ बर्षको थिए, दैनिक जसो आफ्नो प्यारो दाजुको चौडा छातीमा टसिएर सुत्दै आएको कृष्ण दाजुको मृत्यु पछी एकै पटक टुहोरो बन्न पुगे । बेलाबेलामा हिम्मत गर्न र पढाई जारी राख्न हौसला दिदै आएको अमेरिकामा रहेको अर्को दाजुको पनि ९ महिना पछि पार्सलमा अलीकती अस्तु मात्र आई पुग्यो ।
परिस्थितीवस उनी बाल्यकालमानै ठुलो पारिवारिक जिम्मेवारीमा परे । सानो उमेर भएकोले उसले धन सम्पति ब्यापार व्यवसाय बारे त्यती बुझेका थिएनन , बुझनु पर्ने बेला भएको थिएन । यधपी पुत्र शोकमा भाव विह्वल भएका उसका बाबुआमाले ब्यबसायीक कम्पनि देखि निर्माणाधीन रिसोर्ट सम्मा बेची सामाजिक काममा लगाउदै गए ।
उनलाई त्यसले कुनै दुख्ख लागेन उनलाई दिदि सरस्वतीले मनोवल उच्च राख्न हौस्याई रहन्थीन् । दिदि भाईले पुरै परिवार सम्हालेनन प्रतिष्ठानलाई हरेक एङ्गल्बाट सघाई रहे । दाजुहरुको मृत्युको पिडा बोकेरै एक वर्ष पछी एस एल सी पास गरेर बिहान बिहान कलेज जाँदै दिनभर सामाजिक कार्यमा जुटी रह्यो । सुरु देखिने लक्ष्मी प्रतिष्ठान मार्फत हुदै आएका कार्यक्रमहरुमा उसको सहभागीता रहदै आएको छ । पछि स्नातक सकाएर उ प्रतिस्ठानकै फुल टाईमर सेवक भए।
सानै उमेरमा पटक पटक युरोप भ्रमण गरेर सक्दो फन्ड समेत जम्मा गर्दै दुरदराजमा सामुदायीक बिद्यालय निर्माण समेत गर्न सफल कृष्ण २०७२ को भुकम्प पछि एकदम सक्रिय रुपमा प्रतिष्ठानका गतिविधिको नेतृत्व गर्न थाले ।
आगामी ५ बर्षमा आफ्नै पहलमा विविध कारणले बिद्यालय जान नसकेका ५ सय बालबालिहरुलाई शिक्षामा पहुँच गराउने र एउटार एउटा क्षेत्रको बिशेषज्ञ समेत बनाई हाल हाम्रो कार्यक्षेत्र मध्ये एक रहेको चितवनको कान्दा जस्तै देशका धेरै ठाउँमा पुगेर काम गर्ने र आफ्नो जन्म भूमिलाई सक्दो योगदान पुर्याउने अठोट साथ् अगाडी बढी रहेको छन् ।
हाल उसले बेलायतबाट “त्जभ म्ष्बलब ब्धबचम “ प्राप्त गरको छ र यो नै उनले पाएको पहिलो अवार्ड हो । यो अवार्ड बेलायतकी पुर्व युवराज्ञी स्व. डाइनाको स्मृतीमा युवाहरुलाई प्रदान गरिने अवार्ड हो । बेलायतबाट कान्दा घुम्न आएका एकजना मित्रले कृष्णको भूमिकालाई सुक्ष्म अध्यायन गरीए पश्चात उनले बेलायत फर्केर पब्लिस गरेको आर्टिकल र उनैले भरिदिएको फर्मबाट उनी ब्धबचम कालागी छानिएका हुन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












