यति एयरको विमान चिप्लिएर दुर्घटना हुँदा तीन जना घाइते (घाइतेको नामसहित)
काठमाडौं । त्रिभुवन विमानस्थलमा यति यअरलाइन्सको विमान चिप्लिएको छ ।
नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिए । विमानमा चालक दलका सदस्यसहित सवार ६९ यात्रुमध्ये तीनजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा कृष्ण प्रसाद काफ्ले, उमा मगर र विमलादेवी भण्डारी रहेका छन् । अस्पताल स्रोतका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको अहिले अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ ।
कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ‘डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट विमान चिप्लिएको हो ।
उनीहरुलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ भने उद्धार कार्य भइरहेकाले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान अवतरणहरु बन्द रहेका छन् । भने, अहिले ४ वटा विमान आकासमै होल्ड गराइएको छ ।
तर, यति एयरलाइन्सले भने सवै यात्रु सुरक्षित रहेको जनाएको छ । रनवेमा विमान चिप्लिदा चालक दलका सदस्य तथा यात्रुहरुलाई कुनै चेटपटक नलागेको र सबै सुरक्षित रहेको जनाएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












