अमेरिकामा ग्रीन कार्ड पाउन थप मुस्किल, सार्वजनिक भयो नयाँ नियम
एजेन्सी । अमेरिकी सरकारले वैधानिक रुपमा अमेरिकामा रहेका आप्रवासीको भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियालाई कडा पारेको छ ।
परिवर्तित नियमअनुसार सरकारी सुविधामा एक वर्षभन्दा बढी समय आश्रित रहने आप्रवासीहरु प्रभावित हुने छन् । सरकारको आप्रवासनसँग सम्बन्धित नियममा गरेको परिवर्तनले भविष्यमा अमेरिकी सरकारको सेवामा आश्रित हुने आप्रवासीहरु प्रभावित हुनेछन् ।
ह्वाइट हाउसले यो कदम अमेरिकी नागरिकको हितको रक्षाका लागि आवश्यक भएको बताएको छ । उसले आप्रवासी आत्मनिर्भर हुनुपर्नेमा जोड दिएको छ ।
अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवहाक निर्देशक केन कच्चिनेलीले नयाँ नियमको घोषणा गरेका हुन । उनले ग्रिन कार्ड निवेदन दिने व्यक्तिको वित्तीय स्थिति, शिक्षा, उमेर तथा उसको अंग्रेजी भाषामा रहेको दक्षतालाई आधार बनाएर निर्णय हुने बताएको छ ।
सोमबार संघीय रजिस्टारमा ‘पब्लिक चार्ज रुल’मा नयाँ नियम प्रकाशित भएको छ । तर यो अक्टोबर १५ बाट मात्रै लागू हुनेछ ।
अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमबार पत्रकार सम्मलेनमा यो नियमको घोषणा गरे ।
उनले भने, ‘ग्रीन कार्डका लागि निवेदकको आर्थिक स्थिती, शिक्षा, आयु र उनीहरुले अंग्रेजी जानेको स्तरलाई आधार मानेर निर्णय लिइनेछ । कुनै एक मापदण्डलाई आधार मानेर यसबारे विचार गरिनेछैन । ’
सोमबार फेडरल रजिस्टरमा ‘पब्लिक चार्ज रुल’ नामको यो नयाँ नियम प्रकाशित भएको हो । नयाँ नियम यसै वर्ष १५ अक्टोबरदेखि लागू हुनेछ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












