रातारात बैंक लुट्ने पाँच चिनियाँ ह्याकरलाई प्रहरीले सार्वजनिक गर्यो
काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले ती चिनियाँहरुले दरबारमास्थित नबिल बैंकको एटिएम तथा ठमेलस्थित हिमालयन बैंक र प्रभु बैंकको एटिएम बुथबाट एक करोड २६ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको बताएका छन्।
‘हाम्रो अनुसन्धानमा अवैधरुपमा रकम निकाल्न तीनवटा एटिएम बुथ प्रयोग भएको छ’, उनले भने, ‘दरबारमार्गस्थित नबिल बैंक, ठमेलको हिमालयन बैंक र प्रभु बैंकको एटिएमबाट रकम झिकिएको भेटिएको छ।’
सुवेदीका अनुसार ह्याकरहरुले एक पटकमा २० हजार भन्दा धेरै रकम निकालेको भेटिएको छ। ‘ह्याकरहरुले व्यक्तिको भन्दा सिधै बैंककै खातामा आक्रमण गरेको भेटियो। बैंककै खाताबाट रकम निकालेको जानकारी आएको छ’, सुवेदीले भने, ‘रकम निकाल्न प्रयोग भएका डिभाइसहरु पनि बरामद भएका छन्।
एक पटकमा २०-२० हजार मात्रै निकालेको देखिँदैन। त्यो भन्दा धेरै रकम निकालेको जानकारी हामीलाई आएको छ।’ सुवेदीले सिसिटिभी फुटेज पनि हेरिरहेको जानकारी दिए। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौैँ,’ उनले भने, ‘थप अनुसन्धानका लागि अन्य प्रविधि पनि प्रयोग गरिरहेका छौँ। केही प्रविधि प्रयोग गरेर बढी रकम निकालेको देखिन्छ।’
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












