बिआरआइका लागि स्थायी संयन्त्र बनाउन सुझाव
काठमाडाैं । छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) मा सहभागी हुन नेपाल सरकार सम्बन्धित मन्त्रालयका उच्च अधिकारी सम्मिलित स्थायी संयन्त्र बनाउन बुद्धिजीवीले सुझाएका छन् ।
नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘बिआरआइ संवाद’ मा विज्ञले विश्वका १५० भन्दाबढी मुलुक सहभागी हुने बिआरआइबाट नेपालले लाभ लिन र आफ्ना योजना छनोट गरी चीनसँग साझेदारी अघि बढाउन त्यस्तो संयन्त्र आवश्यक भएको जनाएका हुन् ।
चीनका राष्ट्रपति सिजिङ पिङले चाँडै नेपालमा गर्ने भनिएको औपचारिक भ्रमणका अवसरमा बिआरआइका परियोजनामा सहमति गर्ने गरी नेपालले आर्थिक विकास र समृद्धिका लागि छिटो र प्रभावकारी तयारी गर्न बुद्धिजीवीको आग्रह छ । ‘बिआरआइ ः नेपालका लागि विश्वास निर्माणको प्रयास, अवसर र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख डा खड्ग केसीले बिआरआइ एक महत्वाकाङ्क्षी अवधारणा भएकाले यसलाई सम्हाल्न र यसबाट लाभ लिन हरेक तहमा नयाँ पुस्ताको सहभागिता तथा शीघ्रता अपनाइनुपर्ने बताए ।
‘बिआरआइको अर्थ राजनीति र नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विश्लेषक हरि रोकाले परियोजनाबाट हुने लाभ र त्यसका लागि लगनी तथा समन्वय गर्ने सामथ्र्यसहितको संयन्त्र र अवधारणा बनाउन ढिलाइ गर्न नहुने बताए । उनले सधैँ ऋणका भरमा परियोजना चलाउन थालिए मुलुकले धान्न नसक्ने टिप्पणी गरे । कार्यक्रममा बिआरआइ र कनेक्टिभिटीबारे डा सरोज धितालले कार्यपत्र प्रस्तुत गर्दै बिआरआइबाट ‘कनेक्टिभिटी’को पर्याप्त सम्भावना हुने बताए ।
कार्यपत्रमाथिको टिप्पणीमा भाग लिँदै डा भेषबहादुर थापा, टङ्क कार्की, प्रा डा मदन कोइराला, प्रा डा शिवकुमार राई, डा सिर्जना भण्डारी, डा महेश मास्केलगायतले बिआरआइबाट प्राप्त हुने लाभलाई नेपालले समयमै लिन सक्ने गरी काम अघि बढ्नुपर्ने बताए । चीनले सन् २०१३ मा शुरु गरेको उक्त बिआरआइ विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ । कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ ले उद्घाटन गरेका थिए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











