बिआरआइका लागि स्थायी संयन्त्र बनाउन सुझाव
काठमाडाैं । छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) मा सहभागी हुन नेपाल सरकार सम्बन्धित मन्त्रालयका उच्च अधिकारी सम्मिलित स्थायी संयन्त्र बनाउन बुद्धिजीवीले सुझाएका छन् ।
नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘बिआरआइ संवाद’ मा विज्ञले विश्वका १५० भन्दाबढी मुलुक सहभागी हुने बिआरआइबाट नेपालले लाभ लिन र आफ्ना योजना छनोट गरी चीनसँग साझेदारी अघि बढाउन त्यस्तो संयन्त्र आवश्यक भएको जनाएका हुन् ।
चीनका राष्ट्रपति सिजिङ पिङले चाँडै नेपालमा गर्ने भनिएको औपचारिक भ्रमणका अवसरमा बिआरआइका परियोजनामा सहमति गर्ने गरी नेपालले आर्थिक विकास र समृद्धिका लागि छिटो र प्रभावकारी तयारी गर्न बुद्धिजीवीको आग्रह छ । ‘बिआरआइ ः नेपालका लागि विश्वास निर्माणको प्रयास, अवसर र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय सम्बन्ध विभागका प्रमुख डा खड्ग केसीले बिआरआइ एक महत्वाकाङ्क्षी अवधारणा भएकाले यसलाई सम्हाल्न र यसबाट लाभ लिन हरेक तहमा नयाँ पुस्ताको सहभागिता तथा शीघ्रता अपनाइनुपर्ने बताए ।
‘बिआरआइको अर्थ राजनीति र नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विश्लेषक हरि रोकाले परियोजनाबाट हुने लाभ र त्यसका लागि लगनी तथा समन्वय गर्ने सामथ्र्यसहितको संयन्त्र र अवधारणा बनाउन ढिलाइ गर्न नहुने बताए । उनले सधैँ ऋणका भरमा परियोजना चलाउन थालिए मुलुकले धान्न नसक्ने टिप्पणी गरे । कार्यक्रममा बिआरआइ र कनेक्टिभिटीबारे डा सरोज धितालले कार्यपत्र प्रस्तुत गर्दै बिआरआइबाट ‘कनेक्टिभिटी’को पर्याप्त सम्भावना हुने बताए ।
कार्यपत्रमाथिको टिप्पणीमा भाग लिँदै डा भेषबहादुर थापा, टङ्क कार्की, प्रा डा मदन कोइराला, प्रा डा शिवकुमार राई, डा सिर्जना भण्डारी, डा महेश मास्केलगायतले बिआरआइबाट प्राप्त हुने लाभलाई नेपालले समयमै लिन सक्ने गरी काम अघि बढ्नुपर्ने बताए । चीनले सन् २०१३ मा शुरु गरेको उक्त बिआरआइ विश्वव्यापी रणनीतिमा एशिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकासहित विश्वका १५२ मुलुकको पूर्वाधार विकास, बजार र लगानीको सहभागिता हुनेछ । कार्यक्रमको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ ले उद्घाटन गरेका थिए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












