“भोकमरी र गरिबी बिरुद्ध”को युवा पुरस्कारबाट नेपाली चेली सम्झना सम्मानित
काठमाडाैँ । नेपाली चेली सम्झना खनालले “भोकमरी र गरिबी बिरुद्ध”को युवा पुरस्कार जित्न सफल भएकी छिन।
नेपाली चेली खनालले “भोकमरी र गरिबी बिरुद्ध” युवा पुरस्कार जित्न सफल भएकी छिन । पुरस्कारको राशी पच्चीस हजार अमेरिकी डलर रहेको छ ।
यो पुरस्कार १८ देखि २९ वर्ष भित्रका युवा प्रतिस्पर्धी मध्धे एक जनालाई दिने गरिन्छ । यो वर्ष यो पुरस्कारको लागि संसार भरि बाट ६ हजार पाँच सय भन्दा बढि प्रतिस्पर्धी ले भाग लिएका थिए ।
बिजेता सम्झनाको “भोकमरी – एक इतिहास ” भिजन, जसले संसारलाइ सन् २०५० भित्र कसरी भोकमरी रहित बनाउन सकिन्छ भन्ने बिषय को परिकल्पना गर्दछ, त्यहि सोचको लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
संयुक्त राष्ट्र बिकस कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डलमा रहेको अवार्ड जुरीले चार चरणमा पुरस्कारको बिजेता घोषणा गरेको हो । जुन देशमा जे सम्भब छ, त्यसैको बृहत्तर उत्पादन गर्ने , महिलालाई बजार र उत्पादन संग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाल लाइ ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन – सहरको बजार , दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुक को जनताको जिबनमा बिज्ञानको प्रयोग र बिकास कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भीजन भएको सोचपत्र, र अहिले सम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झना बताउछिन ।
सम्झना बिगत चार वर्ष देखि यिनै सोचमा आधारित भएर अनुसन्धान र प्रसार मा लागिपरेकी छिन् । उनि हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत ” बागेनिगन बिश्वबिध्यालय ” मा कृषिमा स्नातकोत्तर गर्दैछिन यो भन्दा पहिले उनले Youth innovators award Asia 2018 पनि जितिसकेकी छिन् । उनी यो भन्दा पहिले अनेरास्ववियू क्रान्तिकारी त्रिभुवन बिश्वबिद्धालय समिती सचिब समेत रहेर काम गरि सकेकी हुन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












