“भोकमरी र गरिबी बिरुद्ध”को युवा पुरस्कारबाट नेपाली चेली सम्झना सम्मानित
काठमाडाैँ । नेपाली चेली सम्झना खनालले “भोकमरी र गरिबी बिरुद्ध”को युवा पुरस्कार जित्न सफल भएकी छिन।
नेपाली चेली खनालले “भोकमरी र गरिबी बिरुद्ध” युवा पुरस्कार जित्न सफल भएकी छिन । पुरस्कारको राशी पच्चीस हजार अमेरिकी डलर रहेको छ ।
यो पुरस्कार १८ देखि २९ वर्ष भित्रका युवा प्रतिस्पर्धी मध्धे एक जनालाई दिने गरिन्छ । यो वर्ष यो पुरस्कारको लागि संसार भरि बाट ६ हजार पाँच सय भन्दा बढि प्रतिस्पर्धी ले भाग लिएका थिए ।
बिजेता सम्झनाको “भोकमरी – एक इतिहास ” भिजन, जसले संसारलाइ सन् २०५० भित्र कसरी भोकमरी रहित बनाउन सकिन्छ भन्ने बिषय को परिकल्पना गर्दछ, त्यहि सोचको लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
संयुक्त राष्ट्र बिकस कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डलमा रहेको अवार्ड जुरीले चार चरणमा पुरस्कारको बिजेता घोषणा गरेको हो । जुन देशमा जे सम्भब छ, त्यसैको बृहत्तर उत्पादन गर्ने , महिलालाई बजार र उत्पादन संग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाल लाइ ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन – सहरको बजार , दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुक को जनताको जिबनमा बिज्ञानको प्रयोग र बिकास कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भीजन भएको सोचपत्र, र अहिले सम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झना बताउछिन ।
सम्झना बिगत चार वर्ष देखि यिनै सोचमा आधारित भएर अनुसन्धान र प्रसार मा लागिपरेकी छिन् । उनि हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत ” बागेनिगन बिश्वबिध्यालय ” मा कृषिमा स्नातकोत्तर गर्दैछिन यो भन्दा पहिले उनले Youth innovators award Asia 2018 पनि जितिसकेकी छिन् । उनी यो भन्दा पहिले अनेरास्ववियू क्रान्तिकारी त्रिभुवन बिश्वबिद्धालय समिती सचिब समेत रहेर काम गरि सकेकी हुन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












