नेकपाले टुङ्ग्यायो स्थानीय तहको एकीकरण
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत जिल्ला कमिटीले स्थानीय तहका पदाधिकारीको टुङ्गो लगाएको छ ।
जिल्ला कमिटीको आज वीरेन्द्रनगरमा बसेको पूर्ण बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभास्तरीय निर्वाचन क्षेत्रीय कमिटी र नौ स्थानीय तहका अध्यक्ष तथा सचिवहरुको टुङ्गो लगाएको हो ।
जिल्लाका नौ स्थानीय तहमध्ये पूर्वएमाले पक्षले पाँच तथा पूर्वमाओवादी पक्षले चार तहको प्रमुखको जिम्मा पाएका छन् । जिल्ला कमिटी सचिव कृष्ण जिसीका अनुसार सिम्ता गाउँपालिकामा अध्यक्ष कवीन्द्रकुमार केसी, सचिव झुपबहादुर बुढा, गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री, सचिव मोतिलाल विक, भेरीगङ्गा नगरपालिकामा नरेन्द्र कार्की, सचिव टीकाराम सुवेदी, चिंगाड गाउँपालिकामा अध्यक्ष सम्मर विक, सचिव हर्कबहादुर रानाले जिम्मेवारी दिएका छन् ।
त्यस्तै, लेकवेशी नगरपालिकामा अध्यक्ष टीकाराम सोमै, सचिव मदन गाहा, वीरेन्द्रनगर नगरपालिकामा अध्यक्ष गङ्गाराम तिमिल्सेना, सचिव गणेश वली, वराहताल गाउँपालिकामा ओमबहादुर महतारा, सचिव बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकामा अध्यक्ष मनबहादुर विक, सचिव केशव शाही र चौकुने गाउँपालिकामा अध्यक्ष गङ्गाराम विक, सचिव हरि अधिकारीलाई चयन गरिएको छ ।
बैठकले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र संयोजन कमिटीको पनि टुङ्गो लगाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा संयोजक बखतबहादुर खत्री, सहसंयोजक गणेश विक तथा क्षेत्र नं २ मा संयोजक गोविन्द तिमिल्सेना, सहसंयोजक इन्द्र केसीलाई तोकिएको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को प्रदेश (क) क्षेत्रमा बाहेक अन्य तीनवटै क्षेत्रमा संयोजक-सहसंयोजकको तोकिएको छ । प्रदेश (ख) मा संयोजक बोधविक्रम जीसी र सहसंयोजक चयन हुन बाँकी रहेको बताइएको छ । क्षेत्र नं २ प्रदेश (क) मा संयोजक टोपबहादुर रास्कोटी, सहसंयोजक रत्न गाहामगर र प्रदेश (ख) मा संयोजक खड्ग विवश बास्पाने, सहसंयोजक घनश्याम पाण्डेलाई तोकिएको छ ।
जिल्ला कमिटीले वडास्तरसम्म एकीकरणका कामलाई जतिसक्दो छिटो सम्पन्न गर्न सम्बन्धित निर्वाचन क्षेत्र तथा स्थानीय तहका पदाधिकारीलाई निर्देशन दिएको सचिव जिसीले जानकारी दिए । नेकपाले सुर्खेतबाहेक कर्णालीका बाँकी जिल्लाहरुमा तिहारअगावै स्थानीय तहको एकिकरण गरिसकेको थियो ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











