नेकपाले टुङ्ग्यायो स्थानीय तहको एकीकरण
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत जिल्ला कमिटीले स्थानीय तहका पदाधिकारीको टुङ्गो लगाएको छ ।
जिल्ला कमिटीको आज वीरेन्द्रनगरमा बसेको पूर्ण बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभास्तरीय निर्वाचन क्षेत्रीय कमिटी र नौ स्थानीय तहका अध्यक्ष तथा सचिवहरुको टुङ्गो लगाएको हो ।
जिल्लाका नौ स्थानीय तहमध्ये पूर्वएमाले पक्षले पाँच तथा पूर्वमाओवादी पक्षले चार तहको प्रमुखको जिम्मा पाएका छन् । जिल्ला कमिटी सचिव कृष्ण जिसीका अनुसार सिम्ता गाउँपालिकामा अध्यक्ष कवीन्द्रकुमार केसी, सचिव झुपबहादुर बुढा, गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री, सचिव मोतिलाल विक, भेरीगङ्गा नगरपालिकामा नरेन्द्र कार्की, सचिव टीकाराम सुवेदी, चिंगाड गाउँपालिकामा अध्यक्ष सम्मर विक, सचिव हर्कबहादुर रानाले जिम्मेवारी दिएका छन् ।
त्यस्तै, लेकवेशी नगरपालिकामा अध्यक्ष टीकाराम सोमै, सचिव मदन गाहा, वीरेन्द्रनगर नगरपालिकामा अध्यक्ष गङ्गाराम तिमिल्सेना, सचिव गणेश वली, वराहताल गाउँपालिकामा ओमबहादुर महतारा, सचिव बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकामा अध्यक्ष मनबहादुर विक, सचिव केशव शाही र चौकुने गाउँपालिकामा अध्यक्ष गङ्गाराम विक, सचिव हरि अधिकारीलाई चयन गरिएको छ ।
बैठकले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र संयोजन कमिटीको पनि टुङ्गो लगाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा संयोजक बखतबहादुर खत्री, सहसंयोजक गणेश विक तथा क्षेत्र नं २ मा संयोजक गोविन्द तिमिल्सेना, सहसंयोजक इन्द्र केसीलाई तोकिएको छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ को प्रदेश (क) क्षेत्रमा बाहेक अन्य तीनवटै क्षेत्रमा संयोजक-सहसंयोजकको तोकिएको छ । प्रदेश (ख) मा संयोजक बोधविक्रम जीसी र सहसंयोजक चयन हुन बाँकी रहेको बताइएको छ । क्षेत्र नं २ प्रदेश (क) मा संयोजक टोपबहादुर रास्कोटी, सहसंयोजक रत्न गाहामगर र प्रदेश (ख) मा संयोजक खड्ग विवश बास्पाने, सहसंयोजक घनश्याम पाण्डेलाई तोकिएको छ ।
जिल्ला कमिटीले वडास्तरसम्म एकीकरणका कामलाई जतिसक्दो छिटो सम्पन्न गर्न सम्बन्धित निर्वाचन क्षेत्र तथा स्थानीय तहका पदाधिकारीलाई निर्देशन दिएको सचिव जिसीले जानकारी दिए । नेकपाले सुर्खेतबाहेक कर्णालीका बाँकी जिल्लाहरुमा तिहारअगावै स्थानीय तहको एकिकरण गरिसकेको थियो ।
Comments
अरु समाचार
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...











