गृहमन्त्री बादल र चिनका आपतकालिन व्यवस्थापन उपमन्त्री उपमन्त्री भेटवार्ता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहेका चीनका आपतकालिन व्यवस्थापन मन्त्रालयका उपमन्त्री श्जभलन न्गयनगबलनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले गत महिना चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको क्रममा विपद् व्यवस्थापन सम्बन्धी पनि दुई देशबीच सम्झौता भएको स्मरण गर्दै सो सम्झौता कार्यान्वयनको प्रक्रियामा गईसकेको जानकारी दिए ।
प्राकृतिक विपद्का घटना दुबै देशको साझा समस्या रहेको भन्दै अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।
गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा आफुहरुले गरेको बताए ।
भेटवार्तामा उपमन्त्री न्गयनगबलनलनले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल–चीनबीच सहकार्यमा जोड दिँदै विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाईने जानकारी दिए ।
उनले केहि समयपछि विपद् व्यवस्थापनसम्बन्धी मन्त्रीस्तरीय सम्मेलन चीनमा आयोजना हुन लागिरहेको जानकारी दिँदै सो सम्मेलनमा उपस्थितिका लागि गृहमन्त्री थापालाई निम्ता दिएका छन् ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











