पीडितलाई न्याय दिन ढिलाइ गर्ने पक्षमा छैन : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई छिटै निष्कर्षमा पुर्याउने बताएका छन् ।
द्वन्द्वपीडित साझा चौतारीले आज विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रियाको अन्तिम चरणको काम छिटै नै टुङ्ग्याउने स्पष्ट पारे । “जनयुद्वको नेतृत्व मैले नै गरेको हूँ, राम्रो काम र नराम्रो कामको जिम्मा मैले नै लिनुपर्छ”, अध्यक्ष प्रचण्डले भने, “द्वन्द्वमा गम्भीर प्रकृतिका अपराध गर्नेलाई कारवाही गर्नुपर्छ, म पनि त्यो जिम्मेवारीबाट पन्छिन पाउँदिन, पीडितले मलाई मरेपछि पनि छाड्ने छैनन् ।”
उनले शान्ति प्र्रक्रियालाई लम्ब्याइरहन आफूलाई पनि मन नभएको उल्लेख गर्दै विस्तृत शान्ति सम्झौतामा छ महिनामा निष्कर्षमा पुर्याउने भनिए पनि संविधान लेखन र तत्कालीन माओवादीका सेना समायोजन कार्य मुख्य भएर आउदा पीडितलाई न्याय दिने काममा ढिलाइ भएको स्वीकार गरे ।
अध्यक्ष प्रचण्डले नेपालमा काम गर्दा काम गर्न ढिलाइ भए पनि कामहरु पूर्णरूपमा सम्पन्न गर्ने गरी गरेको र द्वन्द्वको एउटा काम पीडितलाई न्याय दिनेमा ढिलाइ नहुने बताए । “शान्ति प्रक्रियाको अन्तिम कामलाई लम्ब्याउनुपर्छ भन्ने लागेको छैन, त्यो सोचेको पनि छैन”, उनले भने, “यो कुराले मलाई घोचेको छ, चिमोटेको छ, तन्काउने रहर छैन, अबको मुख्य काम यही हो ।” अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको आदेशानुसार ऐन संशोधन गर्ने र ऐन संशोधन गर्दा सातै प्रदेशमा गएर पीडितहरुसँग सुझाव लिने तयारी रहेको सुनाए ।
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले छ महिनाभित्र काम सक्ने प्रतिवेदन बुझाएको हुनाले केही पदाधिकारी दोहोरिन सक्ने भए पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूरै नयाँ पदाधिकारी ल्याउने वचन दिए । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्ने बताए । नेकपाका अध्यक्ष प्रचण्डलाई देखाउँदै नेता नेपालले भने, “यस प्रक्रियालाई निष्कर्षमा पुर्याउन तपाईँ ताप्के हो, तात्नुस्, म सहयोग गर्न तयार छु ।” उनले द्वन्द्वको अन्तिम चरणको कामलाई छिटो टुङ्ग्याउँदा नै मुलुकको हित हुने उल्लेख गरे ।
नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले द्वन्द्वकालीन समस्या समाधान गर्नु दलहरुको मात्र नभई राष्ट्रको सामूहिक दायित्व भएको हुँदा सामूहिक प्रयास र प्रयत्नबाट निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले मुलुकमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि दलहरु क्रियाशील र एकजुट भएजस्तै सबैले मिलेर द्वन्द्वको पीडा समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मानवअधिकारवादी तथा द्वन्द्वपीडितहरुले द्वन्द्वको घाउले लामो समयसम्म पिरोलिरहेको हुँदा चाँडो न्याय दिन दलहरु तत्पर रहनुपर्नेमा जोड दिएका थिए ।
यो
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












