नाकाबन्दीमा म्याउँ गर्न नसक्ने देउवा अहिले ढाडे पल्टिएः मन्त्री बाँस्कोटा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिले यतिबेला राजनितीक क्षेत्र तंरगित बनिरहेको छ ।
शनिबार पोखरामा बोल्दै देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सल्लाह गरेरै नक्सा सार्वजनिक गरेको दाबी गर्दै आफुले जोगाएको कालापानी लिपुलेक भारतलाई ओलीले सुम्पिएको आरोप लगाएका थिए । उनको अभिव्यक्तिसंगै सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले देउवालाई कडा काउन्टर दिएका छन् । मन्त्री बाँस्कोटाले चुनावको बेलामा देउवा ढाडे पल्टिएको भन्दै अभिव्यक्ति दिएका छन् ।
मन्त्री बाँस्कोटाले पोखराबाट नै देउवाले नाकाबन्दी चुक्क बोल्न नसकेको तर अहिले भने ढाडे पल्टिएको भन्दै काउन्टर दिए । उनले भने “हाम्रो भाषा लरबरिँदैन देशभक्तीको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने , म्याउँ गर्न नसक्ने अहिले चाही चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ रु चुनाव हार वा जितसंग यस्ता बिषय ल्याएर जोड्नु हुँदैन” । साथै उनले देउवा प्रधानमन्त्री हुदा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको पनि प्रसंग उठाए । मन्त्री बाँस्कोटाले टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो भनेर प्रश्न समेत गरे । उनले भने “यस्ता आरोप लगाउँने हो भने गण्डकी , कोशीमा सम्र्झाता गर्दाखेरी ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ” ।
उनले भारतले सार्वजनिक गरेको राजनितीक नक्साप्रति इतिहासमै पहिलो पटक कुनै बहालवाला प्रधानमन्त्रीले म यो मान्दिन , नेपालका लागि यो स्वीकार्य छैन भनेर बोलेको बताए । उनले भने “देउवाले संविधान जारी भएपछि भ्रमणमा जाँखा भारतीय नेतृत्वसंग बसेर सार्वजनिक समारोहमा बाबा म त्यो संविधान पनि तिमीले भने बमोजिम नै गर्छु भनेर बक्बकाएर आइको त अहिले पनि देखिन्छ । त्यो ओपन कुरा हो मैले लगाएको आरोप होईन । तथ्य हो त्यो भिडियोहरु हेर्नुस पहिलाको” ।
एक पटक जनताको मत र फैसलाहरुमाथि प्रश्न उठाँउदा त्यो नेपाली जनताको मत हो भनेर बोल्न नसक्ने देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान , क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउँनु आफैमा लज्जाजनक भएको भन्दै मन्त्री बाँस्कोटाले देउवाको अभिव्यक्तिप्रति खेद प्रकट गरेको बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











