नाकाबन्दीमा म्याउँ गर्न नसक्ने देउवा अहिले ढाडे पल्टिएः मन्त्री बाँस्कोटा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिले यतिबेला राजनितीक क्षेत्र तंरगित बनिरहेको छ ।
शनिबार पोखरामा बोल्दै देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सल्लाह गरेरै नक्सा सार्वजनिक गरेको दाबी गर्दै आफुले जोगाएको कालापानी लिपुलेक भारतलाई ओलीले सुम्पिएको आरोप लगाएका थिए । उनको अभिव्यक्तिसंगै सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले देउवालाई कडा काउन्टर दिएका छन् । मन्त्री बाँस्कोटाले चुनावको बेलामा देउवा ढाडे पल्टिएको भन्दै अभिव्यक्ति दिएका छन् ।
मन्त्री बाँस्कोटाले पोखराबाट नै देउवाले नाकाबन्दी चुक्क बोल्न नसकेको तर अहिले भने ढाडे पल्टिएको भन्दै काउन्टर दिए । उनले भने “हाम्रो भाषा लरबरिँदैन देशभक्तीको प्रश्नमा । नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने , म्याउँ गर्न नसक्ने अहिले चाही चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ रु चुनाव हार वा जितसंग यस्ता बिषय ल्याएर जोड्नु हुँदैन” । साथै उनले देउवा प्रधानमन्त्री हुदा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको पनि प्रसंग उठाए । मन्त्री बाँस्कोटाले टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो भनेर प्रश्न समेत गरे । उनले भने “यस्ता आरोप लगाउँने हो भने गण्डकी , कोशीमा सम्र्झाता गर्दाखेरी ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ” ।
उनले भारतले सार्वजनिक गरेको राजनितीक नक्साप्रति इतिहासमै पहिलो पटक कुनै बहालवाला प्रधानमन्त्रीले म यो मान्दिन , नेपालका लागि यो स्वीकार्य छैन भनेर बोलेको बताए । उनले भने “देउवाले संविधान जारी भएपछि भ्रमणमा जाँखा भारतीय नेतृत्वसंग बसेर सार्वजनिक समारोहमा बाबा म त्यो संविधान पनि तिमीले भने बमोजिम नै गर्छु भनेर बक्बकाएर आइको त अहिले पनि देखिन्छ । त्यो ओपन कुरा हो मैले लगाएको आरोप होईन । तथ्य हो त्यो भिडियोहरु हेर्नुस पहिलाको” ।
एक पटक जनताको मत र फैसलाहरुमाथि प्रश्न उठाँउदा त्यो नेपाली जनताको मत हो भनेर बोल्न नसक्ने देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान , क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउँनु आफैमा लज्जाजनक भएको भन्दै मन्त्री बाँस्कोटाले देउवाको अभिव्यक्तिप्रति खेद प्रकट गरेको बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












