प्रचण्ड निवासमा बिहानै माधव, वामदेव र जनार्दन, दिउसो सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टीका शीर्ष नेताहरु औपचारिक/अनौपचारिक छलफल जुटेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बिहानैदेखि नेताहरु छलफलका लागि पुगेका छन् । प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सोमबार दिउँसो १ बजे धुम्वाराही पार्टी कार्यालयमा बस्ने भएको छ ।
प्रचण्ड निवासमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल एका बिहानै पुगेका थिए । दुवैजनाले झण्डै डेढ घण्टा लामो छलफल गरेका थिए भने उनी निस्किए लगत्तै सचिवालय सदस्य वामदेव गौतम र स्थायी समिति सदस्य जनार्दन शर्मा `प्रभाकर´ पुगेका थिए ।
उनले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग झण्डै दुई घण्टा छलफल गरेका थिए ।
संगठन विभागका प्रमुख र उपप्रमुखसमेत रहेका गौतम र शर्मा पार्टीमा आफुहरुले बुझाएको ४ पेज लामो संगठनात्मक कामको कार्ययोजनाका विषयमा छलफलका लागि खुमलटार पुगेका हुन् ।
आज नेकपा सचिवालय बैठक ले उपनिर्वाचन समिक्षाका साथै विभिन्न विषयमा छलफल गर्ने जनाइएको छ । तर, प्रधामन्त्री ओली भने बैठकमा स्वास्थ्यका कारण अनुपस्थित हुने भएका हुन ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












