एनआरएन चीनले महाबाणिज्यदुत पुडासैनीलाई ग्वान्जाैमा गर्यो भव्य स्वागत
चीन । गैरआवासीय नेपाल संघ (एनआरएनए) चीनले ग्वान्जाैस्थित नेपाली महाबाणिज्यदुतावासका नवनियुक्त महाबाणिज्यदुत हरिशरण पुडासैनीलाई भव्य स्वागत गर्नुकासाथै रात्री भोजको आयोजना गरेको छ ।
ग्वान्जाैमा एनआरएनए चीनद्वारा आयोजित रात्री भोजमा शुभकामना आदानप्रदान तथा परिवयात्मक कार्यक्रम भएको अद्यक्ष प्रदीप न्याैपानेले जनाएका छन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एसिया प्रशान्त क्षेत्रीय महिला संयोजकमा निर्विरोध निर्वाचित अमृता थापालाई स्वागत एवं सम्मान गरिएको थियो भने, १५ वर्ष देखी चीनमा बसोबास गर्दै आएकी ब्यवसायी थापा गैरआवासीय नेपाली संघ चीनमा महिला संयोजक, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सफलतापुर्वक पुरा गरिसकेकी छन् ।
एनआरएनए चीनका अध्यक्ष न्याैपानेको सभापतित्वमा महाबाणिज्यदुत पुडासैनी प्रमुख अतिथि रहेका थिए भने संयोजक थापा बिशेष अतिथि रहेकी थिइन् ।
ग्वान्जौ स्थित नेपाली रेष्टुरेण्ट लिटल पापामा शुक्रवार साँझ ६ बजेदेखि कार्यक्रम भएको थियो । कार्यक्रममा महावाणिज्य दुतावासका सहायक कन्सुलर शरद ढुगांना, संस्थापक अध्यक्ष शंकर ज्ञवाली, पूर्व अध्यक्ष डिल्ली प्रसाद पराजुली (बलराम), पूर्व केन्द्रीय कोषाध्यक्ष प्रितम श्रेष्ठ, एनआरएनए चीनका पदाधिकारी एवं कार्यसमिति सदस्य लगायत ग्वान्जौमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












