अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित
अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन् ।
ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो । तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तर,अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन्। किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ। माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ ।
सो सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने जनाइएको छ। ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका थिए। आफूले डेमोक्र्याट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो महाअभियोग अमेरिकाको अढाइ दशक यताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका थिए ।
उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाएका थिए। उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको र सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत राष्ट्रपतिले आरोप लगाएका थिए ।
ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो। ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिएपनि उनले यो प्रक्रियालाई छल्दै आएका थिए । एजेन्सीको सहयोगमा
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












