एभर्टनमाथि सिटीको २–१ को जित, चेल्सी बराबरीमा रोकियो
एजेन्सि । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा गाब्रिएल जिससको उत्कृष्ट प्रदर्शनमा सिटीले एभर्टनलाई २–१ ले हराएको हो ।
घरेलु मैदानमा म्यानचेस्टर सिटीका लागि ५१ औं मिनेटमा जिससले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले त्यसको सात मिनेटपछि अग्रता दोब्बर पारे । एभर्टनका लागि ७१ औं मिनेटमा रिचार्लिसनले एक गोल फर्काए ।
जितपछि तेस्रो स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ४४ अंक भएको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ११ अंकले पछि रहेको छ । लिभरपुलले दुई खेल कम खेलेको छ ।
दोस्रो स्थानको लेस्टर सिटी भन्दा मात्रै एक अंकले पछि रहेको छ । बुधबार राति नै भएको खेलमा लेस्टर सिटीले न्यूक्यासललाई ३–० ले पराजित गरेको छ । जितपछि उसको २१ खेलबाट ४५ अंक भएको छ ।
गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । पहिलो हाफमा नै सिजर एजप्लिक्वेटाको गोलमा अग्रता बनाएको चेल्सी अन्तिम समयमा गएर सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो ।
गएरातिका अन्य खेलमा एस्टन भिल्लाले बर्नली तथा वाट्फोर्डले वुल्भ्सलाई समान २–१ र वेष्ट ह्यामले बोर्नमाउथलाई ४–० ले पराजित गरेका छन् भने नर्विच र क्रिष्टल प्यालेसले समान १–१ को बराबरी खेलेका छन् ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












