राष्ट्रियसभाको अन्तिम मत परिणाम, कांग्रेसले गुमायो सातै सिट
काठमाडौं । राष्ट्रियसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
१८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका हुन्।
राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘क्लिन स्विप’ भएको छ। कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले यसअघि राष्ट्रियसभामा पाएको ७ सिट गुमाएको छ।
हेर्नुहोस नतिजा
गण्डकी प्रदेश
गण्डकी प्रदेशका दुवै पदमा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४६२ मतभारसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २४० मतभार ल्याए। श्रेष्ठ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइसँग पराजित भएका थिए।
गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकी भगवती न्यौपानेले कांग्रेसकी विमला गौचनलाई पराजित भएकी छन्। यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेसका सुरेन्द्रराज पाण्डे र वृन्दादेवी आलेको दुईवर्षे कार्यकाल सकिएपछि ती पदमा निर्वाचन भएको थियो। प्रदेश-२
प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा दाजु विजयी हुँदा भाइ पराजित भएका छन्। एकै परिवारबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका मृगेन्द्रसिंह यादव विजयी हुँदा भाइ अनिरुद्र सिंह पराजित भएका हुन्। सहोदर दाजुभाइ दुई फरक पार्टीबाट प्रतिस्पर्धामा थिए। अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन्। महिलार्फ नेकपाकी तुलसा दाहाल, दलिततर्फ राजपाका राधेश्याम पासवान विजयी भए।
प्रदेश ५
प्रदेश ५ बाट पनि तीनजना नेकपाकै उम्मेदवार विजयी भएका छन्। प्रदेश ५ बाट नेकपाबाट अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भए। दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
प्रदेश १
प्रदेश १ बाट पनि तीनजना नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन्। अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना नेकपाका उम्मेदवार विजयी भएका छन्। अन्यबाट मायाप्रसाद शर्मा र महिलातर्फ सुमित्रा विसी विजयी भए।
बागमती प्रदेश
बाग्मती प्रदेशबाट नेकपाका दुईजना उम्मेदवार विजयी भएका छन्। महिलातर्फ गंगाकुमारी बेल्बासे, अन्यतर्फ बेदुराम भुषाल विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्। महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मतभार प्राप्त गरेर विजयी भइन् भने स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरेका हुन्। बिहीबार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९ दशमलब १९ प्रतिशत र प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको निर्बाचन आयोगले जनाएको छ। मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












