क्याबिनेटमा कड्किए प्रधानमन्त्री ओली : मन्त्री हुने अनि एमसीसीको विरोध गर्ने ? यो सह्य हुँदैन ।’
बिदा हुने मन भए मार्गप्रशस्त छ
काठमाडाैँ । मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए ।
उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए ।
उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, आक्रोशपूर्ण र अतिरञ्जित पनि छन् । तर केही प्रशंग मिलेका पनि छन् । मन्त्रीहरुको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’
‘कर्मचारीलाई काम लगाउन सकिएको छैन । अब यस्ता कुरा सह्य हुँदैन,’ प्रमले बैठकमा तितो पोखे ।
उनले कड्किएर भने, ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ । अब मलाई देखिनेगरी परिणाम चाहिन्छ । मन्त्री हुने अनि एमसीसीजस्तो परियोजनाको विरोध पनि गर्ने ? यो कुरा सह्य हुँदैन ।’
एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न मन्त्रिपरिषद् कार्यालय या परराष्ट्रको आयोजनामा पत्रकार सम्मेलन गर्ने कुरा थियो । तर, कृषि मन्त्री घनश्याम भुषालले ‘पहिले संसदीय दलमा छलफल गरौँ, आफूभित्रै एकमत कायम गरेपछि पत्रकारसम्मेलन गर्नुनपर्ला’ भन्ने कुरा उठाए ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












