अंग्रेजी शिक्षकका लागि सोधियो रोमनमा प्रश्न
काठमाडाैं । माध्यमिक तहको अंग्रेजी विषयमा रोमनबाट प्रश्न सोधिएको तथ्य फेला परेको छ । काठमाडौँको गौशालास्थित मङ्गलादेवी माध्यमिक विद्यालयले माध्यमिक तहको अंग्रेजी विषयका राहत शिक्षकका लागि लिइएको परीक्षामा रोमनबाट प्रश्न सोधिएको थियो ।
रोमनबाट सोधिएको प्रश्नका आधारमा लिइएको परीक्षालाई मान्यता प्रदान गरिएको छ । त्यसको नतिजाका आधारमा शिक्षकलाई नियुक्तिसमेत गरिएको छ । विद्यालयले माध्यमिक तहको राहत कोटामा शिक्षक रिक्त भएपछि काठमाडौँ महानगरपालिकासँग परीक्षा सञ्चालन गरी शिक्षक नियुक्त गर्न विषयविज्ञ माग गरेको थियो ।
महानगरपालिकाको शिक्षा विभागले अंग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गरेकी डा. शर्मिला पोखरेललाई विषय विज्ञका रूपमा विद्यालयमा पठाएको थियो । उनले ४० अङ्कको वस्तुगततर्फ रोमनमा प्रश्न तयार गरेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक मधुसूदन ढुङ्गेलले महानगरपालिकाको शिक्षा विभागले गरेको सिफारिसका आधारमा विषय विज्ञलाई प्रयोग गरी प्रश्न तयार गरेको बताउँदै भने, ‘पदपूर्ति समिति गठन गरिएको थियो । महानगरपालिकाका विज्ञले बनाएको प्रश्नलाई मान्यता नदिने भन्ने अवस्था रहेन । परीक्षाको नतिजा सार्वजनिक गरेर शिक्षक छनोट समेत गरिसकिएको छ ।’ अंग्रेजी विषयमा सरिता राई छनोट भइसकेकी छन् ।
महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले विषय विज्ञलाई स्पष्टीकरण सोधिएको बताउँदै भने, ‘परीक्षार्थीले प्रश्न बुझे । प्रश्नका कारण समस्या भएन । तैपनि आइन्दा यस्तो अवस्था नदोहोरियोस् भनेर सचेत भएका छौँ ।’
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












