अंग्रेजी शिक्षकका लागि सोधियो रोमनमा प्रश्न
काठमाडाैं । माध्यमिक तहको अंग्रेजी विषयमा रोमनबाट प्रश्न सोधिएको तथ्य फेला परेको छ । काठमाडौँको गौशालास्थित मङ्गलादेवी माध्यमिक विद्यालयले माध्यमिक तहको अंग्रेजी विषयका राहत शिक्षकका लागि लिइएको परीक्षामा रोमनबाट प्रश्न सोधिएको थियो ।
रोमनबाट सोधिएको प्रश्नका आधारमा लिइएको परीक्षालाई मान्यता प्रदान गरिएको छ । त्यसको नतिजाका आधारमा शिक्षकलाई नियुक्तिसमेत गरिएको छ । विद्यालयले माध्यमिक तहको राहत कोटामा शिक्षक रिक्त भएपछि काठमाडौँ महानगरपालिकासँग परीक्षा सञ्चालन गरी शिक्षक नियुक्त गर्न विषयविज्ञ माग गरेको थियो ।
महानगरपालिकाको शिक्षा विभागले अंग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गरेकी डा. शर्मिला पोखरेललाई विषय विज्ञका रूपमा विद्यालयमा पठाएको थियो । उनले ४० अङ्कको वस्तुगततर्फ रोमनमा प्रश्न तयार गरेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक मधुसूदन ढुङ्गेलले महानगरपालिकाको शिक्षा विभागले गरेको सिफारिसका आधारमा विषय विज्ञलाई प्रयोग गरी प्रश्न तयार गरेको बताउँदै भने, ‘पदपूर्ति समिति गठन गरिएको थियो । महानगरपालिकाका विज्ञले बनाएको प्रश्नलाई मान्यता नदिने भन्ने अवस्था रहेन । परीक्षाको नतिजा सार्वजनिक गरेर शिक्षक छनोट समेत गरिसकिएको छ ।’ अंग्रेजी विषयमा सरिता राई छनोट भइसकेकी छन् ।
महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले विषय विज्ञलाई स्पष्टीकरण सोधिएको बताउँदै भने, ‘परीक्षार्थीले प्रश्न बुझे । प्रश्नका कारण समस्या भएन । तैपनि आइन्दा यस्तो अवस्था नदोहोरियोस् भनेर सचेत भएका छौँ ।’
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












