बार्सिलोना र रियल मड्रिड क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं । दुई स्पानिस जायन्ट क्लब बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
बिहीवार रती भएको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग र रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको हो ।
यस्तै भ्यालेन्सिया ग्रानाडासँग पराजित हुँदा भियारियाल दोस्रो श्रेणीको मिरान्डासँग पराजित भयो ।
एथ्लेटिक विल्वाओले घरेलु मैदानमा बार्सिलोनालाई १-० ले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बनेपछि थप गरिएको ६ मिनेटको इन्जुरी टाइममा विल्वाओले गोल गर्दै खेल जित्यो ।
इन्जुरी टाइमको तेस्रो मिनेटमा इबाई गोमेजको पासमा इनाकी विलियम्सले निर्णायक गोल गरे ।
यस्तै हाल स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिड सोसिडाडसँग ४-३ ले पराजित भयो । रियलको घरेलु मैदानमा सोसिडाडले कुनै समय ३-० को अग्रता बनाएको थियो ।
रियलबाटै लोनमा गएका मार्टिन ओडेगार्डले २२ औं मिनेटमा सोसिडाडका लागि पहिलो गोल गरे । अलेक्जान्डर आइज्याकले ५४औं र ५६औं मिनेटमा गोल गरेपछि सोसिडाडले ३-० को अग्रता बनायो । रियलका लागि मार्सेलोले ५९औं मिनेटमा पहिलो गोल गरे ।
तर ६९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४-१ को अग्रता दिलाए । ८१औं मिनेटमा रोड्रिगोले रियलका लागि दोस्रो गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरे । इन्जुरी टाइमको तेस्रो मिनेटमा नाचोले गोल गर्दै खेल ४-३ को वस्थामा पुर्याए । तर रियलले हार टार्न सकेन ।
सोसिडाडका एन्डोनी गोरोसाबेल इन्जुरी टाइममा रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
बार्सिलोना र रियल नै पराजित भएपछि कोपा डेल रे मा २०१० पछि यी दुई ठूला क्लब फाइनलमा नहुने भएका छन् । २०१० मा सेभिया र एथ्लेटिको मड्रिड फाइनल पुगेका थिए । त्यसयता रियल र बार्सिलोनामध्ये कुनै एक क्लबले फाइनल खेल्दै आएका थिए । बार्सिलोना सर्वाधिक ३० पटकको च्याम्पियन समेत हो ।
यस्तै ला लिगाकै क्लब भियारियाल मिरान्डासँग ४-२ ले पराजित भयो । त्यसअघि भ्यालेन्सिया ग्रानाडासँग २-१ ले पारजित भएको थियो । भ्यालेन्सिया साविक विजेता समेत हो ।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












