ललिता निवासमा प्रकरणमा म दोषी छैन: माधव नेपाल
विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् ।
आफू प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय नभएको उनको दाबी छ ।
ललिता निवास जग्गा प्रकरण (बालुवाटार जग्गा प्रकरण) मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
तर मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको हकमा केही गर्नुनपर्ने उसले बताएको छ ।
तत्कालीन प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएर मन्त्री विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै कांग्रेसले विरोध गरेको छ भने कतिपयले अख्तियार ठूला नेताहरुसँग डराएको टिप्पणी गरेका छन् ।
तर नेता नेपालले जग्गा प्रकरणमा आफू दोषी नभएको बताए । ‘अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन,’ नेता नेपालले भने, ‘म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ ।’
उनले अघि भने, ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’
ललिता निवास प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्दाेष मान्छे पर्न पनि नहुने उनले बताए । विराटनगर विमानस्थलमा शुक्रबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन हुन्न, निर्दोष पनि पर्न हुन्न ।’
कांग्रेसले भनेजस्तो पार्टीगत रुपमा कसैलाई फसाउन खोजेको जस्तो आफूलाई नलागेको पनि उनले बताए । कांग्रेसले भनेजस्तो कसैलाई फसाइएको हो भने त्यो गतल हुने नेता नेपाले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












