गच्छदारमाथी भ्रष्टाचार मुद्दाः सडक र संसदमा एकसाथ उर्लियो कांग्रेस
काठमाडाैँ । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म कांग्रेस एकसाथ उत्रिएको छ।
कांग्रेसले शुक्रबार दिउँसो एक बजे गच्छदारको बचाउमा राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। माइतीघरमा विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरे।
माइतीघरमा कांग्रेसको एउटा समूह उत्रिएको आधा घण्टापछि प्रतिनिधिसभामा त्यही नारा लाग्यो। दिउँसो १ बजेर २५ मिनेटमा सुरु भएको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले आफ्ना नेता गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियतवश फसाएको भन्दै आक्रोश व्यक्त गरे।
‘अख्तियारले आफै निर्णय गरेर आफैँले आफ्नो अधिकार दुरुपयोग गरेको छ। बालुवाटरको जग्गा किनेर लालपूर्जा बोक्दै हिँड्ने व्यक्ति महान हुने तर भौतिक पूर्वाधार मन्त्री चाहिँ दोषी हुने?’, उनले भने, ‘सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई करोडौंको बिगो थोपरेर दोषी बनाउने यो कस्तो तरिका हो? जसले निर्णय गरेको हो उचाहिँ निदोर्ष ठान्ने यो कस्तो न्याया हो? जसले बालुवाटारबाट जग्गा किनेर ४९ लाख ऋण लियो, त्यो पनि निर्दोष हुने? अख्तियारको यो निर्णयले दुनियाँ हाँसिरहेको छ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












