सरकारविरुद्ध माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन (फोटोफिचर)
काठमाडाैँ। बालुवाटार जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध मुद्दा चलाएको भन्दै नेपाली कांग्रेसले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
कांग्रेस निकट तरुण दल, नेविसंघलगायतका संघहरुका नेताहरुको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको थियो
विरोध कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आक्रोश पोख्दै अख्तियारलाई बालुवाटारमा राख्न सुझाव दिए।
उनले भने, ‘टंगालको अख्तियार अब बालुवाटारमा राखे हुन्छ, केपी ओलीले। आफ्नो भ्रातृसंगठन जस्तै बनाए हुन्छ। कम्युनिस्टलाई फाल्छौँ अब। केपी ओलीलाई भन्न चाहन्छु, २६ गते आइतवार यही माइतीघरमा कडा आन्दोलन हुन्छ।’
अध्यक्ष बस्नेतले माधव नेपाललाई कारबाही खै? विष्णु पौडेल र उसको छोरालाई कारबाही खै? भन्दै प्रश्न गरे। उनले आफूहरु उपसभापति गच्छदारलाई बचाउन नआएको बताउँदै समान न्याय चाहिन्छ भनेर लड्न आएको उल्लेख गरे।
त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले देशको न्यायाधीश प्रधानमन्त्री केपी शर्मा ओली बनेको बताए।
‘कमेडियन भएर प्रस्तुत भए। कुनै सिइयो भएको हेर्न चाहेका हैनन्। आफ्नो हनुमान बचाउन लागि परेका छन्। सरकार ढाल्न कुनै आइतवार कुर्नुपर्दैन,’ उनले भने।
उनले आन्दोलनको आँधीबेहरीले सरकारमात्र हैन अख्तियारलाई पनि बगाउने चेतावनी दिए। नेकपा नेता विष्णु पौडेलमाथि पनि कारबाही हुनुपर्ने उनले बताए। आन्दोलन जारी रहने उनको भनाइ थियो।
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले गच्छदारसहित १ सय ७५ जनाविरूद्ध मुद्दा दायर गरेको छ। सो मुद्दामा अख्तियारले सत्तापक्षको छायाँमा रहेर प्रतिपक्षलाई फसाएको आरोप लगाउँदै कांग्रेसले विरोध गर्दै आएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












