अमेरिकाविरुद्ध नेपाल बलिङ गर्दै
काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध टस जितेसँगै फिल्डिङ रोजेको हो। योसँगै अमेरिकाले ब्याटिङ गर्ने भएको छ।
अमेरिकाविरुद्ध यसअघि भएको पहिलो खेलमा नेपालले ३५ रनले जितेको थियो। आजको खेलमा पनि त्यहि नतिजालाई दोहोर्याउने लक्ष्यमा नेपाल छ। अमेरिकाले भने एक खेल पनि जित्न सकेको छैन। नेपालले ३ खेलमा १ खेल जित र २ खेलमा हार ब्यहोरेको छ। नेपालले ओमानसँग पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटको हार ब्यहोरेको थियो।
ओमानले भने सिरिज जितेको छ। उसले खेलेको ४ वटै खेलमा जित हात पार्दै ८ अंक बनाएको हो।
आज अमेरिकाविरुद्ध नेपालका एक खेलाडी परिवर्तन भएका छन्। ओमानविरुद्धको दोस्रो खेलमा डेब्यु गरेका कमलसिंह ऐरीको स्थानमा ललितनारायण राजवंशीलाई टिममा राखिएको हो। कमलले आफ्नो डेब्यु खेलमा ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएका थिए।
नेपाली टिममा कप्तान ज्ञानेन्द्र मल्लसँगै दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सुवास खकुरेल, सन्दीप लामिछाने, करण केसी, सुशन भारी, आरिफ शेख, कुशल मल्ल र ललितनारायण राजवंशी छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












