केजरीवालले लिए तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ
काठमाडाैँ । अरविन्द केजरीवालले आइतवार तेस्रो कार्यकालका लागि दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्।
निम्ता पाएर पनि केजरीवालको शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएनन्। केजरीवालसँगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले पनि मन्त्री पदको सपथ लिएका छन्। कांग्रेसकी शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री पदको शपथ लिने केजरीवाल दोस्रो नेता हुन्। आम आदमी पार्टीले दिल्लीको विकासमा योगदान दिने ५० जनालाई समारोहमा विशेष अतिथिका रुपमा बोलाएको थियो।
केजरीवालले शपथका क्रममा दिल्लीलाई अघि बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वाद चाहिने बताएका छन्। आम आदमी पार्टीले शपथ समारोहमा प्रधानमन्त्री नरेद्र मोदीबाहेक अन्य कुनै नेतालाई डाकेको थिएन। तर निम्ता पाएर पनि मोदी शपथ समारोहमा सहभागी भएनन्। शनिवार अबेर साँझ केजरीवालले मन्त्री पदको शपथ लिन लागेका ६ जना ले विधायकसँग डिनर गरेका थिए। यसक्रममा सिसोदिया, जैन, राय, गहलोत, हुसैन र गौतम सहभागी थिए। शपथका क्रममा उनले दिल्लीका जनताले एक पटक फेरि जितेको बताए।
‘आज तपाईंहरुको छोराले तेस्रो पटक मुख्यमन्त्री पदको शपथ लिएको छ। यो मेरो होइन, तपाईंहरुको जित हो। हरेक दिल्लीबासीको जित हो। हरेक आमा-बहिनीको जित हो। पछिल्ला ५ वर्षमा हामीले दिल्लीबासी हरेक परिवारलाई खुसी बनाउने कोशिश गर्यौँ। अब दिल्लीले तीव्र गतिमा विकासको पथ पक्रिनेछ। मेरो शासनकालमा भाजपा र कांग्रेसलाई भोट दिने कसैलाई पनि सौतेनी व्यवहार गर्नेछैन।’
दिल्ली विधानसभा चुनावका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो। ११ फेब्रुअरीमा आएको अन्तिम नतिजामा आम आदमी पार्टीले ७० मा ६२ सिट जित्दै दुईतिहाइ ल्याएको थियो। अर्कातिर भाजपालाई ८ सिट जितेको छ। पछिल्लो चुनावको अनुपातमा भाजपालाई ५ सिट फाइदा भएको छ। तर कांग्रेसले दिल्लीमा यो पटक सन् २०१५ मा जस्तै एक सिट पनि जित्न सकेन।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












