३ एआईजीका लागि ६ डीआईजीको चर्को भीडन्त
काठमाडाैँ । नेपाल प्रहरीले २७औँ प्रहरी महानिरीक्षक (आईजीपी) पायो ।
२६औँ प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अवकास पाएपछि २७औँ प्रहरी प्रमुखमा तत्कालीन डीआईजी ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका हुन् ।
विवादरहित रूपमा आईजीपी नियुक्त गरेको सरकारलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवामा भने सकस भएको छ । अहिले ३ जना एआईजीका लागि ६ जना डीआईजी प्रतिस्पर्धामा छन् ।
आईजीपी खनालसँगै ३ एआईजी र १७ डीआईजीले मंगलबार एकसाथ अवकास पाएका थिए । तीनै जना एआईजीले सँगै अवकास पाएपछि हाल नेपाल प्रहरी एआईजीविहीन छ । एआईजी बढुवा नहुँदा डीआईजी बढुवा हुने बाटो पनि बन्द भएको छ ।
यी हुन् एआईजीका दाबेदार
डीआईजीहरु शैलेश थापा क्षत्री, हरि पाल, निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेल एआईजीका दाबेदार हुन् । पोखरेल सबैभन्दा पछि बढुवा भएपनि एआईजीका प्रबल दाबेदार हुन् ।
डीआईजी थापा क्षत्री प्रहरीको केन्द्रीय प्रवक्ता, पाल विशेष ब्यूरो प्रमुख, शाही केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कार्की प्रदेश २ प्रहरी प्रमुख र पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखको रुपमा कार्यरत छन् ।
आईजीपी ज्ञवालीको कार्यकाल आगामी असार २४ सम्म मात्र हो । लम्साल र उपाध्याय आईजीपी ज्ञवालीको ब्याच भएको कारण आईजीपीसँगै अवकाशमा जानेछन् ।
आईजीपीको दाबेदार रहेका लम्साल कार्यक्षमता र वरिष्ठताको आधारमा दोस्रो नम्बरमा भएपनि एआईजी दौडमा पछि पर्नसक्ने बुझिएको छ । यता, कार्यक्षमतामा सबैभन्दा कमजोर भएको कारण उपाध्याय एआईजीमा नियुक्त हुने सम्भावना भने न्यून रहेको छ ।
भावी आईजीपी एआईजीबाटै हुने भएकाले एआईजीको लागि यतिबेला डीआईजीहरु नेताहरुको घरमा पुगेर चाकडी पनि सुरु गरेका छन् । डीआईजी क्षत्री, पाल, शाही र कार्की एआईजीमा बढुवा भए उनीहरुमध्येबाटै आईजीपी हुने सम्भावना बढी हुन्छ ।
यता, पोखरेल एआईजी नभएको अवस्थामा पनि आईजीपी बन्ने सम्भावना रहन्छ । किनभने उनको व्याचमा उनी एकल प्रतिस्पर्धी हुन् । अहिले नै एआईजी भएको अवस्थामा उनको आईजीपीको कार्यकाल लामो हुनेछ ।
प्रहरी नियमावली ०७१ मा एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव अध्यक्ष, गृह मन्त्रालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।
त्यसैअनुरुप बढुवा समितिले सिफारिस गरेको नाम मन्त्रिपरिषद्मा पेश हुनेछ ।
Comments
अरु समाचार
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी
काठमाडौं । सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा नेपाल रेडक्रस...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












