३ एआईजीका लागि ६ डीआईजीको चर्को भीडन्त
काठमाडाैँ । नेपाल प्रहरीले २७औँ प्रहरी महानिरीक्षक (आईजीपी) पायो ।
२६औँ प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अवकास पाएपछि २७औँ प्रहरी प्रमुखमा तत्कालीन डीआईजी ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका हुन् ।
विवादरहित रूपमा आईजीपी नियुक्त गरेको सरकारलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवामा भने सकस भएको छ । अहिले ३ जना एआईजीका लागि ६ जना डीआईजी प्रतिस्पर्धामा छन् ।
आईजीपी खनालसँगै ३ एआईजी र १७ डीआईजीले मंगलबार एकसाथ अवकास पाएका थिए । तीनै जना एआईजीले सँगै अवकास पाएपछि हाल नेपाल प्रहरी एआईजीविहीन छ । एआईजी बढुवा नहुँदा डीआईजी बढुवा हुने बाटो पनि बन्द भएको छ ।
यी हुन् एआईजीका दाबेदार
डीआईजीहरु शैलेश थापा क्षत्री, हरि पाल, निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेल एआईजीका दाबेदार हुन् । पोखरेल सबैभन्दा पछि बढुवा भएपनि एआईजीका प्रबल दाबेदार हुन् ।
डीआईजी थापा क्षत्री प्रहरीको केन्द्रीय प्रवक्ता, पाल विशेष ब्यूरो प्रमुख, शाही केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कार्की प्रदेश २ प्रहरी प्रमुख र पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखको रुपमा कार्यरत छन् ।
आईजीपी ज्ञवालीको कार्यकाल आगामी असार २४ सम्म मात्र हो । लम्साल र उपाध्याय आईजीपी ज्ञवालीको ब्याच भएको कारण आईजीपीसँगै अवकाशमा जानेछन् ।
आईजीपीको दाबेदार रहेका लम्साल कार्यक्षमता र वरिष्ठताको आधारमा दोस्रो नम्बरमा भएपनि एआईजी दौडमा पछि पर्नसक्ने बुझिएको छ । यता, कार्यक्षमतामा सबैभन्दा कमजोर भएको कारण उपाध्याय एआईजीमा नियुक्त हुने सम्भावना भने न्यून रहेको छ ।
भावी आईजीपी एआईजीबाटै हुने भएकाले एआईजीको लागि यतिबेला डीआईजीहरु नेताहरुको घरमा पुगेर चाकडी पनि सुरु गरेका छन् । डीआईजी क्षत्री, पाल, शाही र कार्की एआईजीमा बढुवा भए उनीहरुमध्येबाटै आईजीपी हुने सम्भावना बढी हुन्छ ।
यता, पोखरेल एआईजी नभएको अवस्थामा पनि आईजीपी बन्ने सम्भावना रहन्छ । किनभने उनको व्याचमा उनी एकल प्रतिस्पर्धी हुन् । अहिले नै एआईजी भएको अवस्थामा उनको आईजीपीको कार्यकाल लामो हुनेछ ।
प्रहरी नियमावली ०७१ मा एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव अध्यक्ष, गृह मन्त्रालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।
त्यसैअनुरुप बढुवा समितिले सिफारिस गरेको नाम मन्त्रिपरिषद्मा पेश हुनेछ ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











