गोलीगठ्ठा अब नेपालमै उत्पादन हुने
काठमाडाैं । नेपाली सेनाले १० हजार बुलेट नमुना परीक्षण गर्न दक्षिण कोरिया पठाउने भएको छ।
सेनाले नेपालमै गोली उत्पादन गर्न ‘एम्यूनिसन प्लान्ट’ खरिद गर्दै छ। उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको हो।
५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट कप परीक्षण गर्न कोरियामा पठाउन लागिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन्।
२०७३ साउन ७ मा मन्त्रिपरिषद्ले नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो।
गत वर्ष मंसिरमा अर्थ मन्त्रालयले सेनालाई ७।६२ एमएमको एम्यूनिसन प्लान्ट स्थापना गर्न दुई अर्ब ४५ करोड रुपैयाँ निकासा दिएको थियो। सेनाले १० हजार गोलीगठ्ठाको परीक्षण सफल देखिएमा स्वदेशमै गोलीगठ्ठाको उत्पाद नहुने बताएको छ। उक्त गोलीगठ्ठा परीक्षणपछि सोही आधारमा मेसिन आपूर्ति हुनेछ।
यो प्लान्ट सेनाले कोरियाली कम्पनी पुङसान कर्पोरेसनमार्फत खरिद गर्न लागेको हो। सन् २०१८को जुन ३ मा भएको सम्झौताअनुसार गोलीको नमुना परीक्षणको खर्च उत्पादक कम्पनी आफैले बेहोर्नेछ। गत जनवरी २३ मा कम्पनीले परीक्षणको खर्च आफैले बेहोर्ने जानकारी गराइसकेको छ।
नमुना परीक्षणपछि गोलीगठ्ठा पुनःप्रयोगमा ल्याउन नमिल्ने सेनाले जानकारी दिएको छ। सेनाले सुन्दरीजल आर्सनल कार्यालयमा प्रयोग भइरहेको ५।५६ एमएम बुलेटको नमुना पठाउनेछ।
बुलेटका नमुना उत्पादक कम्पनीमै पठाइ सोही नमुनाअनुसार मेसिन तयार गरिनेछ। नेपाली सेनाले गोलीगठ्ठा भन्सार महसुल र मूल्य अभिवृद्धिर छुटमा कोरिया पठाउन अर्थ मन्त्रालयसँग स्वीकृति मागेको छ। पत्राचार गर्दै भनेको छ, ’ठूलो मात्रामा नमुना परीक्षण गर्दा प्रभावकारी नतिजा आउनुका साथै डिजाइनिङ फेलरको दर समेत घटाउन सकिन्छ।’ दीर्घकालीन रूपमा आउन सक्ने परिणामको बृहत तथा सूक्ष्म अध्ययन गर्दै सम्भावित समस्या न्यूनीकरण गर्न सकिने उसको भनाइ छ।
डेढ वर्षदेखि सेनाले एम्युनिसन प्लान्ट खरिदका लागि प्रक्रिया चलाइरहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। उनले भने, ‘अहिले एम्युनिसन प्लान्ट खरिद प्रक्रियामै छ।’ स्मल आम्सका लागि आवश्यक सामग्रीमध्ये ७० प्रतिशत सेना आफैले बनाउने गरेको छ।
ठूला हातहतियारमा लाग्ने गोलीगठ्ठा विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। गोली सुन्दरीजलमा, विस्फोटक पदार्थ मकवानपुरको सुनाचरी इमल्सन प्लान्टमा, र हाते बम भीमफेदीमा उत्पादन भइरहेको छ। त्यस्तै बारुद स्वयम्भूको बारुदखानामा उत्पादन हुन्छ। स्वदेशमै उत्पादन गर्दा सस्तो पर्नुका साथै गोपनियताको दृष्टिले भरपर्दो हुने नेपाली सेनाको बुझाइ छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












