गोलीगठ्ठा अब नेपालमै उत्पादन हुने
काठमाडाैं । नेपाली सेनाले १० हजार बुलेट नमुना परीक्षण गर्न दक्षिण कोरिया पठाउने भएको छ।
सेनाले नेपालमै गोली उत्पादन गर्न ‘एम्यूनिसन प्लान्ट’ खरिद गर्दै छ। उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको हो।
५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट कप परीक्षण गर्न कोरियामा पठाउन लागिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन्।
२०७३ साउन ७ मा मन्त्रिपरिषद्ले नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो।
गत वर्ष मंसिरमा अर्थ मन्त्रालयले सेनालाई ७।६२ एमएमको एम्यूनिसन प्लान्ट स्थापना गर्न दुई अर्ब ४५ करोड रुपैयाँ निकासा दिएको थियो। सेनाले १० हजार गोलीगठ्ठाको परीक्षण सफल देखिएमा स्वदेशमै गोलीगठ्ठाको उत्पाद नहुने बताएको छ। उक्त गोलीगठ्ठा परीक्षणपछि सोही आधारमा मेसिन आपूर्ति हुनेछ।
यो प्लान्ट सेनाले कोरियाली कम्पनी पुङसान कर्पोरेसनमार्फत खरिद गर्न लागेको हो। सन् २०१८को जुन ३ मा भएको सम्झौताअनुसार गोलीको नमुना परीक्षणको खर्च उत्पादक कम्पनी आफैले बेहोर्नेछ। गत जनवरी २३ मा कम्पनीले परीक्षणको खर्च आफैले बेहोर्ने जानकारी गराइसकेको छ।
नमुना परीक्षणपछि गोलीगठ्ठा पुनःप्रयोगमा ल्याउन नमिल्ने सेनाले जानकारी दिएको छ। सेनाले सुन्दरीजल आर्सनल कार्यालयमा प्रयोग भइरहेको ५।५६ एमएम बुलेटको नमुना पठाउनेछ।
बुलेटका नमुना उत्पादक कम्पनीमै पठाइ सोही नमुनाअनुसार मेसिन तयार गरिनेछ। नेपाली सेनाले गोलीगठ्ठा भन्सार महसुल र मूल्य अभिवृद्धिर छुटमा कोरिया पठाउन अर्थ मन्त्रालयसँग स्वीकृति मागेको छ। पत्राचार गर्दै भनेको छ, ’ठूलो मात्रामा नमुना परीक्षण गर्दा प्रभावकारी नतिजा आउनुका साथै डिजाइनिङ फेलरको दर समेत घटाउन सकिन्छ।’ दीर्घकालीन रूपमा आउन सक्ने परिणामको बृहत तथा सूक्ष्म अध्ययन गर्दै सम्भावित समस्या न्यूनीकरण गर्न सकिने उसको भनाइ छ।
डेढ वर्षदेखि सेनाले एम्युनिसन प्लान्ट खरिदका लागि प्रक्रिया चलाइरहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। उनले भने, ‘अहिले एम्युनिसन प्लान्ट खरिद प्रक्रियामै छ।’ स्मल आम्सका लागि आवश्यक सामग्रीमध्ये ७० प्रतिशत सेना आफैले बनाउने गरेको छ।
ठूला हातहतियारमा लाग्ने गोलीगठ्ठा विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। गोली सुन्दरीजलमा, विस्फोटक पदार्थ मकवानपुरको सुनाचरी इमल्सन प्लान्टमा, र हाते बम भीमफेदीमा उत्पादन भइरहेको छ। त्यस्तै बारुद स्वयम्भूको बारुदखानामा उत्पादन हुन्छ। स्वदेशमै उत्पादन गर्दा सस्तो पर्नुका साथै गोपनियताको दृष्टिले भरपर्दो हुने नेपाली सेनाको बुझाइ छ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












