नेकपा सचिवालय बैठक : एसीसी परिमार्जनपछि मात्रै अनुमोदन गर्ने सहमति
काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन गरेर मात्रै अनुमोदन गर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि परिमार्जनका पक्षमा सहमत भएका हुन्।
एमसीसी जसरी पनि पारित गर्नुपर्छ, यो नेपालको अहितमा छैन भन्ने ओली पार्टी केन्द्रीय समितिले बनाएको अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि संशोधनको पक्षमा देखिएका हुन्। शुक्रबार साँझ सो कार्यदलले आफ्नो प्रतिवेदन दुबै अध्यक्षलाई बुझाएको थियो।
सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए। संयोजक खनालको त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाएपछि एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने विषयमा सचिवालयमा सहमति भएको उपाध्यक्ष वामदेव गौतमले बताए।
उपाध्यक्ष गौतमले कुनै ठोस सहमति नभए पनि परिमार्जन गर्नुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको र सबैले सो प्रतिवेदन अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्ने बताए।
अध्ययन कार्यदलको सुझाब सुनिसकेपछि जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पुगेका छौँ’, गाैतमले भने, ‘सचिवालयका सबैले कार्यदलको प्रतिवेदन सबै अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्छौँ।’
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











